Health Person
📊 Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Experience1+ years
- Deadline2026-08-31
📋 Job Description
Job Description
Manavsewa Ashram
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak, or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky, street-banks, and public places.
Qualifications and Skills
Education
HA/ CMA/Nurse in related field.
Experience
1+ years of experience. Freshers are encouraged to apply.
Language
Proficiency in Nepali and English
Analytical Skills
Ability to analyze complex data and information
Communication
Strong written and verbal communication skills.
Interpersonal
Excellent relationship-building and writing skills.
Cultural Competence
Awareness of cultural differences and sensitivities.
Technical Skills
Proficiency in Microsoft Office.
Medical License Compulsory
आवश्यक ठेगाना : धुनिबेसी (धादिङ) , काठमाडौँ
जिम्मेवारी तथा कार्यविवरण
१. उद्धार पश्चात प्रारम्भिक स्वास्थ्य अवस्था जाँच गरी स्वास्थ्य संवेदनशीलताको आधारमा उपचारका लागि प्राथमिकिकरण गर्ने र आश्रममा उपचार दिने अवस्था भएमा उपचार सुरु गर्ने वा थप उपचार आवश्यक भएमा अस्पतालको सेवामा लैजाने।
२. ड्रेसिङ गर्नुपर्ने बिरामीहरूको घाउ सरसफाइ गर्दा निर्जीविकरण गरिएका औजारहरू प्रयोग गर्ने। संक्रमण फैलन नदिन र उपचारलाई प्राथमिकता दिने, संक्रमण नियन्त्रण उपायहरू अवलम्बन गरिएको सुनिश्चित गर्ने।
३. शाखामा उपलब्ध भएको मेडिकल कक्षमा मापदण्ड बमोजिमको न्यूनतम औषधी तथा स्वास्थ्य सामग्रीहरूको उचित रूपमा व्यवस्थापन गर्ने।
४. प्रत्येक आश्रितको अलग/अलग मेडिकल फाइल खडा गरी उपचार सम्बन्धी सम्पूर्ण विवरणहरू (रिपोर्ट, प्रेस्क्रिप्सन आदि) सोही फाइलमा समावेश गर्ने।
५. आश्रितहरूको दैनिक कम्तिमा एकपटक स्वास्थ्यकर्मीबाट स्वास्थ्य अवस्था अवलोकन गर्नुपर्ने। अवलोकनको क्रममा कुनै समस्या भएमा/देखिएमा तत्काल उपचारात्मक सेवा अघि बढाउनुपर्ने।
६. आश्रितहरूमा कुनैपनि अस्वाभाविक परिवर्तन देखिएमा, कुनैपनि वस्तु वा औषधीको एलर्जी भएमा सो को विवरण मेडिकल फाइलमा अद्यावधिक गर्ने। र त्यस उपचारको लागि औषधी दिने, साथै त्यस्ता खालका आश्रितको फाइलमा एलर्जी हुने वस्तु वा औषधीको नाम लेखी हाइलाइट गर्ने।
७. नियमित खपत हुने मानसिक रोगको औषधी, Antibiotics र OTC औषधी कम्तिमा तीन महिनाको स्टक हुनेगरी व्यवस्थापन गर्ने। मानसिक रोगका औषधी, Narcotic र सामान्य औषधी अलग–अलग खण्डमा मिलाएर राख्ने। मानसिक रोगका औषधी र Narcotic औषधीको खण्डमा ताल्चा लगाई सुरक्षित राख्ने।
८. औषधीको व्यवस्थापन वैज्ञानिक ढंगले गर्ने। समूह विभाजन गरी प्रत्येक समूहको नाम स्पष्ट देखिनेगरी टाँस्नुपर्ने (Antibiotics, antihistamine, antispasmodic, antihypertensive, NSAIDs आदि)।
९. औषधीको Expiry date नियमित जाँच गर्ने र म्याद गुज्रनुपूर्व नै ब्याचबाट हटाउने। औषधी तथा अन्य मेडिकल सामग्रीको Stock रेकर्ड राख्ने। FEFO प्रविधि अपनाई Expiry date तीन महिना बाँकी हुँदै स्वास्थ्य अधिकृतलाई जानकारी गराउने वा नजिकको शाखामा आवश्यक परे पठाउने।
१०. नियमित औषधी सेवन गर्ने बिरामीहरूलाई व्यवस्थित तरिकाले समय तालिका बमोजिम औषधी खुवाउनुपर्ने र प्रत्येक दिन बिहान सक्षम लक्ष्मीनारायणहरूलाई १ घण्टा शारीरिक व्यायाम गराउने। व्यायाम गराउँदा पसिना आएको छ कि छैन ध्यान दिने र सकेसम्म सबैलाई पसिना आउने गरी व्यायाम गराउने तर घुँडा दुख्ने वा हड्डी सम्बन्धी समस्या भएका लक्ष्मीनारायणहरूलाई हल्का व्यायाम गराउने।
११. नियमित रूपमा बहिरंग सेवा सञ्चालन गर्ने। NHPC को Code of Ethics अनुसार Clinical Practice गर्ने। प्रत्येक मेडिकल कक्षमा सरकारले अनुमति दिएको प्राथमिक केन्द्रसम्म प्रयोग गर्न मिल्ने औषधी सम्बन्धी पुस्तिकाको व्यवस्था गर्ने।
१२. कार्यकक्ष भित्र वा नजिकै हातधुने स्थान र Antiseptic liquid/ Soap को व्यवस्था हुनुपर्ने।
१३. DDA मा दर्ता नभएका (श्रोत नखुलेका), बिक्री वितरणमा प्रतिबन्ध लागेका वा कम गुणस्तरका औषधी प्रयोगमा रोक लगाउनुपर्ने / प्रयोग नगर्ने।
१४. स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्यकर्मीले अनिवार्य रूपमा एप्रोनको प्रयोग गर्दै उपचारमा safety measures अपनाउनुपर्ने, उपचारमा आत्मविश्वास, गोपनीयता, सुरक्षा र सहज पहुँचको सुनिश्चितता हुनुपर्ने।
१५. Hazardous / Infectious / General Waste Management का लागि कक्षा परिसरभित्र तीन रंगको Dustbin को व्यवस्था गर्ने। फोहोर व्यवस्थापनका लागि पालिका वा स्थानीय सरकारसँग समन्वय गरी, फोहोरको पोको वा थैलोमा लेबल गरेर मात्र पठाउने।१६. सम्पूर्ण आश्रम परिवारलाई प्रत्येक ६/६ महिनामा जुकाको औषधी खुवाउनुपर्ने ।
१७. सेवामा व्यवसायिक निष्ठा कायम राख्नुपर्ने । सेवा अवधिमा मोबाइल फोनको प्रयोग कम गर्ने वा आवश्यकतामा मात्र गर्ने ।
१८. मेडिकल कक्ष सफा, संक्रमण रहित, व्यवस्थित र सुरक्षित राख्नुपर्ने ।
१९. मेडिकल कक्षबाट प्रवाह गर्ने सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन नियमित सेवाको समयतालिका बनाई सूचना पाटीमा टाँस्नुपर्ने ।
२०. बढीमा ३/३ महिनामा लक्ष्मी नारायणहरुको Prescription file Update गराउने ।
२१. सेवाको क्रममा कुनै मेडिकोलीगल घटना घटेमा तुरुन्त माथिल्लो निकायमा रिपोर्टिङ गर्ने ।
२२. स्वास्थ्य शिविर संचालनमा सहयोग गर्ने, फलोअप गर्ने ।
२३. संस्थालाई पायक पर्ने स्वास्थ्य संस्थाबाट निःशुल्क/न्युन शुल्कमा सेवा लिनका लागि सकेसम्म लिखित सम्झौताको लागि प्रयाश गर्ने । स्वास्थ्य प्रदायक संघ, संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स आदिको सम्पर्क नम्बरको list बनाई medical कक्षमा देखिने गरि टास गरि सुरक्षित राख्ने ।
२४. मनोपरामर्श आवश्यकता पर्ने विरामीहरुका लागी मनोविद्हरुबाट उपचारात्मक सेवा अघि बढाउने ।
२५. आश्रितहरुको Hygienic खानपिनमा ध्यान पुर्याउने । रोगको प्रकृति अनुसारको स्वस्थ भोजनका लागि कुकसँग समन्वय गर्ने ।
२६. थप सहयोग र सेवाको लागी सम्बन्धित विभाग वा संयोजक सँग समन्वय गर्ने ।
२७. मेडिकल कक्षमा हुनुपर्ने न्युनतम औषधी तथा स्वास्थ्य सामाग्रीहरुको उपलब्धताको लागि संयोजकसँग समन्वय गर्ने साथै यस्ता अति आवश्यक सामग्रीको लागि स्वास्थ्य अधिकृतलाई पनि जानकारी गराउने ।
२८. स्वास्थ्य विभागबाट निर्देशित सम्पूर्ण फारमहरु तोकिएको ढाँचामा स्वास्थ्य कर्मीले भरी विभाग/सम्बन्धित निकायमा पेश गर्नुपर्ने ।
२९. लक्ष्मी नारायण तथा बालगोपालहरुसँग पर्याप्त काउन्सेलिङ गरी पुनर्मिलनका लागि सहयोग पुर्याउने ।
३०. आश्रममा सेवा गर्दा सबेजनासँग घुलमिल तथा भाइचाराको व्यवहार साथै एक अर्कासँग मिलेर बस्ने बानीको विकास गर्नुपर्ने ।
३१. कार्यालय सेवा अवधिभर तोकेको समय अनुसार अनिवार्य कार्यालय पोशाक लगाउने । आवासिय सुविधा सहित सेवामा जोडिने कर्मचारीहरुले साँझको समिक्षा र योजना साथै बिहानको स्वध्यायमा सक्रिय सहभागीता जनाउने ।
३२. स्वास्थ्य शाखाको अनुसार साप्ताहिक meeting तथा virtual training मा अनिवार्य अपस्थित हुने ।
३३. प्रत्येक महिनाको पहिलो हप्ताभित्र drug inventory form भर्ने, साथै monthly report स्वास्थ्य शाखालाई पठाउने ।
३४. सेवाको प्रकृती र आवश्यकता अनुसार भुमिका तथा जिम्मेवारीहरु थपघट हुन सक्नेछ ।
✍️ How to Apply
Ready to take the next step in your career?
➡️ Apply on Kumarijob
You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.