Experience Required
More than 2 years
गणपति लघुवित्त वित्तीय संस्था लि.
यस वित्तीय संस्थाको लागि देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट
रितपूर्वक दरखास्त आह्वान गरीन्द्र ।
पद: शाखा प्रबन्धक (कनिष्ठ अधिकृत/ सुपरिवेक्षक / बरिष्ठ सहायक)
केही
प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको साथै लघुवित्त वित्तीय संस्थामा कनिष्ठ अधिकृतको हकमा एक तह मुनिको पदमा २ वर्ष कार्य गरेको, सुपरिवेक्षक र बरिष्ठ सहायकको हकमा एक/एक तह तथा मुनिको पदमा रही २ वर्ष कार्य गरेको हुनुपर्नेछ । शाखा प्रबन्धक भई कार्य गरेको र सवारी साधन तथा चालक अनुमति पत्र भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।
परिक्षाको किसिम: प्रस्तुतिकरण तथा अन्तर्वार्ता
दरखास्त दिने अन्तिम मिति: २०८३ साल आषाढ १६ गते मंगलबार
रीत नपुगेको अथवा म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही हुने छैन्। रीतपूर्वक प्राप्त आवेदन मध्ये छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।
कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
उमेर: सहायक स्तरका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, अधिकृत स्तरको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । साथै महिला उम्मेदवारहरुको हकमा उमेरको माथिल्लो हदमा ५ (पाँच) वर्ष थप हुनेछ ।
ईच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत [email protected] वा वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।
Ready to take the next step in your career?
➡️ Apply on Merojob
You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.
Ready to take the next step in your career?
➡️ Apply on Merojob →
स्रोत: Merojob | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.