Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-11
Job Description
रतौली युवा क्लब
लेखा परिक्षणको लागि आशय पत्र आह्वान
पहिलो पटक प्रकाशित मिति
२०८३/०३/२५
रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो। यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागिता मूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ ।
रतौली युवा क्लब (RYC) महोत्तरी द्वारा २०८२ श्रावण १ गते देखि २०८३ अषाढ मसान्त सम्मका लागि एक आ.ब.को संस्थागत तथा संस्थाद्वारा सञ्चालित विभिन्न परीयोजना अन्तरगत लेखा परिक्षण गर्नुपर्ने भएकोले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरीएको छ ।
आवश्यक कागजातहरू
कार्यहरूको विस्तृत विवरण
दरखास्त दिने अन्तिम मिति
२०८३/०४/०७
सम्पर्क ठेगाना: रतौली युवा क्लब, जलेश्वर-२, फोन नं. ०४४-५२०८४३
https://www.jobsnepal.com/lkha-parakashhanaeka-lga-aashaya-patara-aahavana-143141