शिलबन्दी कोटेशन आह्वानको सूचना contract
Kathmandu Posted Jul 11, 2026 Apply by Oct 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeContract
  • Deadline2026-10-11

Job Description

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)केन्द्र, सर्लाही

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०३/२४

कोटेशन नं. EFO-RRPK-RFQ No-34

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाही द्वारा HATEMALO for Child Wellbeing and Integrated Development Project परियोजना अन्तर्गत तोकिएको नगरपालिका/गाउँपालिकामा यस परियोजना अन्तर्गत सम्बन्धि निर्माण कार्य गर्नु पर्ने भएकोले हुनाले सम्बन्धित ईच्छुक निर्माण ब्यवसायी/आपूतिकर्ता बाट रीतपुर्वक शिलवन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।

१. यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त निर्माण व्यवसायीहरूले अद्यावधिक गरिएको (१) व्यवसाय दर्ता प्रमाणपत्र, (२) मु.अ.कर वा प्यान दर्ता प्रमाणपत्र (३) आ.व.२०८१/२०८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि (४) Contractors technical form का साथै BOQ फारम भरि बुझाउनको लागि अनुरोध गरिन्छ ।

२. कोटेशन केरमेट नभएको संस्थाले उपल्बध गराएको कोटेशनमा अंकित मुल्यमा केरमेट भएको वा सच्याईएको ठाउँमा हस्ताक्षर भएको हुनूपर्ने छ र सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दी गरी Financial (BOQ rate sheet or RFQ) छुटै खाममा र Technical Documents(technical form, Suppliers code of conduct, Contractor all  updated legal documents) छुट्टा छुटै खाम शिल बन्दि गरि एउटा मुल खाममा राखि लाहा छाँप वा शिल बन्दी गरी खामको बाहिर कोटेशन पठाउनेको बिवरण साथै कार्यालयलाई सम्बोधन गरी मिति २०८३/०३/२४ गते देखि मिति २०८३/०३/३० गते  दिउँसो ५:०० बजे भित्र बुझाउनु पर्नेछ । समय भित्र प्राप्त नभएको, रिक्त नपुगेको वा शर्ता विपरीत भएको कोटेशन माथि कुनै कारवाही हुने छैन ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

४. कोटेशन मागँ गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन माग गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।

५. कोटेशन स्वीकृत भएको निमार्णकर्ता संस्थाले सम्झौता गर्ने बेलामा सम्झौता गरिएको रकमको ५ प्रतिशत Performance   Security   Bank guarantee कोटेशन स्वीकृति भएको निमार्णकर्ताले राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाहीको, लालबन्दी शाखाको नाममा बुझाउनुपर्ने छ ।

६. संस्थाले उपल्बध गराएको (BOQ) को Specifications को अधारमा दर भाँउ उपलब्ध गराउनुपर्नेछ र त्यसमा लाग्ने सम्पूर्ण आवश्यक समाग्री, ढूवानी, ज्यालदारी तथा अन्य आवश्यक सबै कुराहरु समावेश भएको हुनुपर्ने छ ।

७. कोटेशनको खोल्ने मिति ईमेल वा फोन मार्फत पछि जानकारी गराईन्छ साथै संस्थाको खरिद समिति र निर्माण व्यवसायीहरूको संयुक्त उपस्थितिमा कोटेशन खोलिनेछ । यदि  निर्माणकर्ताहरूको प्रतिनिधि नआएको खण्डमा वा आफनो प्रतिनिधि नपठाएको खण्डमा संस्थाले आफनो प्रक्रिया अनुसार कोटेशन खोलि प्रक्रिया अगाडि बढाउन सकिने छ ।

८. प्राविधिक प्रस्तावना पहिलानै बुभाईएको निर्माण व्यसवायिकहरूको हकमा प्राविधिक प्रस्तावना पर्दैन ।

९. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा तोकिएको सम्पर्क नम्बर वा ठेगानामा सम्पर्क गरेर बुझन सकिन्छ साथै  BOQ तथा Contractor technical form  माग  गर्नका लागि  निर्माण व्यवसायीहरूले अद्यावधिक गरिएको (१) व्यवसाय दर्ता प्रमाणपत्र, (२) मु.अ.कर वा प्यान दर्ता प्रमाणपत्र र  (३) आ.व.२०८१/२०८२ कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि संलग्न गराई सुचना प्रकाशन भएको ७ दिन भित्र यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क गरी वा तल दिइएको Link बाट पनि प्राप्त गर्न सकिन्छ ।

Link - https://drive.google.com/file/d/15Pv1lpGWj0IujRKpj0EW_3h7oCuiSPPU/view?usp=sharing

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, लालवन्दि, सर्लाही

सम्पर्क नं. ९८०१९७२१६५

Email

[email protected]

https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-143124

Other Jobs at Oxfam in Nepal

Loading...

Similar Jobs

Loading...
9 views
Apply on JobsNepal