आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 12, 2026 Apply by Oct 12, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-12

Job Description

आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना ।

प्रकाशन मिति

२०८३/०३/२८

पीसविन नेपाल विगत तीन दशक देखि सामाजिक रूपान्तरणका क्षेत्रमा विकास साझेदार तथा सरकारी निकायहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो । आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री, सेवा तथा निर्माण सामग्री आपूर्ति गर्न कानुनबमोजिम दर्ता भएका इच्छुक तथा  योग्य आपूर्तिकर्ता, सेवा प्रदायक तथा निर्माण व्यवसायीहरूलाई संस्थाको आपूर्तिकर्ता सूची (Vendor List) मा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आह्वान गरिन्छ।

सूचीकृत गरिने सामग्री तथा सेवाका क्षेत्रहरू

आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

२. चालु आर्थिक वर्षको नवीकरण प्रमाणपत्र

३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र

४. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र

५. सञ्चालक वा प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६. कम्पनी प्रोफाइल (लागू हुने अवस्थामा)

७. सम्बन्धित क्षेत्रको अनुभव तथा कार्यसम्पादन विवरण (लागू हुने अवस्थामा)

आवेदन पेश गर्ने तरिका

इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातहरू सहित २०८३/०४/१० गते कार्यालय समयभित्र सिलबन्दी आवेदन वा पासवर्ड सुरक्षित PDF फाइल [email protected] इमेलमार्फत पेश गर्न सक्नेछन्।

आवेदन पेश गर्ने ठेगाना

केन्द्रीय कार्यालय

पीसविन नेपाल, मार्तडी, बाजुरा वा पीसविन नेपालका सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयहरू

पीसविन नेपालले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य आपूर्तिकर्ताहरूलाई संस्थाको आपूर्तिकर्ता सूचीमा सूचीकृत गर्नेछ । सूचीकृत हुनु मात्र खरिदको सुनिश्चितता नभई संस्थाको खरिद नीति तथा प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा सहभागी हुनुपर्ने छ ।

पीसविन नेपाल

https://www.jobsnepal.com/aaparatakarata-saca-vendor-registration-ma-sacakata-hana-samabnathha-sacana-143171

Other Jobs at Jan Jagaran Youth Club (JJYC) Bara

Loading...

Similar Jobs

Loading...
38 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal