सूची दर्ता गर्ने सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 15, 2026 Apply by Oct 15, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-15

Job Description

Akasha Academy is a global institute of integrated education that follows the vision to bring people from different cultures, religions, nationalities and social backgrounds together to work for the same purpose – to create pathways for the future of humanity and bring about a positive change in the world.

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३ असार ३१

आकाशा प्रतिष्ठान सबै युवाहरू—विशेष गरी महिलाहरूको क्षमता, आत्मनिर्भरता र सुन्दर भविष्यमा विश्वास गर्छ । प्रत्येक दिन हामी नेपालको गाउँ तथा सहरहरूमा युवाहरूलाई स्वास्थ्य, वातावरण र जीवन सिपसम्बन्धी शिक्षाको माध्यमबाट सक्षम बनाउने काम गर्र्छौँ । हामी शिक्षा, स्वास्थ्य, र वातावरणलाई जोड्दै व्यवहारिक तालिम र समावेशी कार्यक्रमहरू सञ्चालन गर्छौ ताकि सहभागीहरूले आफ्नो जीवन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकून् ।

आकाशा प्रतिष्ठान, नेपाल अन्तर्गत काठमाडौँको शिवपुरी क्षेत्र नजिकै सञ्चालनमा रहेको केन्द्रमार्फत शिक्षा, स्वास्थ्य सेवा, तालिम कार्यक्रम, सामुदायिक सचेतना तथा वातावरणीय संरक्षणमा आधारित कार्यक्रमहरू सहज, समावेशी र प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आएको छ । यस प्रतिष्ठानले सहकार्य गर्ने हरेक व्यक्ति, संस्था तथा सहभागीहरूले सार्वभौमिक नैतिकता, करुणा, जिम्मेवारी र सुरक्षित वातावरण कायम राख्ने प्रतिबद्धता जनाउनुपर्ने अपेक्षा राख्दछ ।

आकाशा प्रतिष्ठानका विभिन्न तालिम, स्वयंसेवी तथा सहयोग कार्यक्रमहरूमा सहभागी हुन, सेवा वा सामग्री आपूर्ति गर्न तथा सहकार्यका लागि सूचीकरणमा दर्ता हुन इच्छुक इजाजत प्राप्त दर्तावाला व्यक्ति, संस्था, कम्पनी वा फर्महरूलाई यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशन भएको मितिदेखि १५ (पन्ध्र) दिनभित्र इच्छुक सेवा प्रदायकहरूले निवेदन पत्र तथा आवश्यक कागजातहरू सहित दर्ता गराइदिनु हुन अनुरोध गरिन्छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको वर्गीकरण

Photocopying and Flex Print (फोटोकपी तथा फ्लेक्स प्रिन्ट)

दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू

निवेदनपत्र पूर्ण रूपमा भरि, छाप र दस्तखत गरी, निम्नलिखित कागजातहरू procurement@akasha–academy.org मा इमेल गरेर वा आकाशा प्रतिष्ठानको मुख्य कार्यालय, बौद्ध–६, काठमाडौँ वा फिल्ड कार्यालय, सुन्ताखान–३, गोकर्णेश्वरमा पठाउन अनुरोध गरिन्छ ।

१. निवेदनपत्र (पूर्ण रूपमा भरिएको, हस्ताक्षर तथा छाप सहित)

२. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. स्थायी लेखा नम्बर / मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

४. २०८१ / २०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – प्रोप्राईटर/कम्पनी

https://www.jobsnepal.com/saca-tharata-garana-samabnathha-sacana-143217

Other Jobs at Bheri Environmental Excellence Group (BEE-Group) Banke

Loading...

Similar Jobs

Loading...
36 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal