सूची दर्ता तथा कोटेशन पेश गर्ने सम्बन्धी सूचना
📊 Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-15
📋 Job Description
सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा-नेपाल, कालिकोट
सूची दर्ता तथा कोटेशन पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/३१
यस सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाललाई आ.ब.२०८३/०८४ का लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवाका कार्यहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, परामर्शदाता/सेवाप्रदायक संस्थाहरुबाट यस संस्थाको खरिद निर्देशिका २०८१ को भाग ६ अनुसार मौजुदा सूची दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले ९ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवाका कार्यहरूका लागि संस्थाले उपलब्ध गराएको सुची दर्ता फरमेट अनुसार आवश्यक कागजात सहित यस कार्यालयमा रित पुर्वक निबेदन पेश गर्न हुन जानकारी गराईन्छ । साथै स्टेशनरी र होटेल सेवा सम्बन्धि कार्यको लागि यसै सूचनामा संलग्न गरिएको कोटेशनको नमुना अनुसार मूल्यसुची पेश गर्नुपर्ने छ भने अन्य सेवाहरुको हकमा सूची दर्ता आपुर्तीकर्ता, परामर्शदाता/सेवाप्रदायकसँग आवश्यकता अनुसार कोटेशन मार्फत पछि लिईनेछ । मौजुदा सूचिको मान्य अबधि आ.ब. २०८३/०८४ को लागि मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
१) स्टेशनरी सम्बन्धि कार्य । कोटेशनको लागि यहा click गर्नुहोस् ।
२) होटेल (खाना, नास्ता, होटल, बास तथा तालिम हल) सम्बन्धी कार्य। कोटेशनको लागि यहाँ click गर्नुहोस्।
३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण र भिडियो डकुमेन्ट्री सम्बन्धि कार्य ।
४) सबारी साधन आपुर्ति तथा मर्मत सम्बन्धि कार्य ।
५) छपाई सम्बन्धि कार्य ।
६) रंग रोगन तथा भित्ते लेखन सम्बन्धिका कार्यहरू ।
७) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा सञ्चालन सम्बन्धिका कार्य ।
८) व्यवसायिक सिपमुलक तालिमहरू सम्बन्धि कार्य
९) औषधी तथा औषधी उपकरण सम्बन्धि कार्य ।
१०) कृषिजन्य सामग्री आपूर्ति सम्बन्धि कार्य ।
११) पशु पंक्षीजन्य सामग्री आपूर्ति सम्बन्धि कार्य ।
१२) खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरू ।
१३) प्रिन्ट फोटोकपी तथा ब्यानर सम्बन्धीका कार्यहरु ।
१४) खाद्यान्न तथा खुद्रा सामानहरूको बिक्रि वितरण सम्बन्धीका कार्यहरू ।
१५) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरू ।
१६) नर्सरी जन्य कार्यहरू ।
१७) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरू ।
१८) फर्नीचर सम्बन्धीका कार्यहरू ।
१९) विधुतीय उपकरण सम्बन्धि कार्य ।
२०) हाडंवेयर सम्बन्धि कार्यहरू
२१) ग्रील तथा फर्निसिङ्ग सम्बन्धि कार्यहरू
२२) लत्ता कपडा तथा फेन्सी सम्बन्धि कार्यहरू
निवेदन साथ पेश गनुपर्ने कागजातहरू
निवेदन पेस गर्ने प्रक्रिया
१) हार्डकपी सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोटको केन्द्रिय कार्यालय खाडाचक्र न.पा वडा नं.१ मान्म कालीकोट वा इमेलः [email protected] मार्फत निवेदन पेस गर्न सकिनेछ ।
थप कुनै प्रश्न वा जिज्ञाशा भएमा
सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोट
फोन नं. ०८७-४४०२१५
https://www.jobsnepal.com/saca-tharata-tatha-katashana-pasha-garana-samabnathha-sacana-143219
✍️ How to Apply
Ready to take the next step in your career?
➡️ Apply on Jobsnepal
स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.