सामग्री तथा सेवा आपूर्तिकर्ताहरूलाई सूची दर्ताको लागि आह्वान full-time
Bhaktapur Posted Jul 15, 2026 Apply by Oct 15, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationBhaktapur
  • Job TypeFull Time
  • Deadline2026-10-15

Job Description

फेज नेपाल

सामग्री तथा सेवा आपूर्तिकर्ताहरूलाई सूची दर्ताको लागि आह्वान

(प्रथम पटक प्रकाशित मिति २०८३/०३/३१ )

फेज नेपाल, नेपालका विभिन्न जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, जिवीकोपार्जन, विपद जोखिम न्यूनिकरण, अनुसन्धान तथा अपाङ्गताको क्षेत्रमा काम गरिरहेको एक गैर सरकारी संस्था हो । यस कार्यालयका लागि आ. व. २०८३/२०८४ मा आवश्यक पर्ने तपशिल बमोजिमका सामग्रि तथा सेवाहरुको आपुर्ती गर्न गराउनको लागी इच्छुक व्यक्ति, दर्तावाल फर्म, संस्था तथा कम्पनीहरूले आफुले प्रदान गर्न सक्ने सेवा तथा कार्यहरूको छुट्टाछुट्टै विवरण उल्लेख गरी १ महिना भित्रमा फेज नेपालको तल उल्लेखित कार्यालयको ठेगानामा वा उल्लेखित Email वा bolpatranepal.com मार्फत आवश्यक कागजातहरू सहित मौजुदा सूचीमा दर्ता गराउनु हुन आह्वान गरिन्छ ।

Link for Categories: https://drive.google.com/uc?export=download&id=1dCQi5lPSfjzjtL6c7x98aqtBOpEPoAog

पेश गर्न आवश्यक कागजातहरू

१) फर्म / संस्था , कम्पनी दर्ता, स्थायी लेखा नम्बर , मू.अ.क दर्ता प्रमाण–प्रत्रको प्रतिलिपिहरू ।

२) आ.व २०८१/८२ को कर चुक्ता प्रमाणप्रत्रको प्रतिलिपि ।

३) निवेदन पेश गर्ने फर्म र संस्था वा कम्पनीले कुन समूह अन्तर्गत सूचीकृत हुन चाहेको हो ? स्पष्ट खुलेको पत्र वा निवेदन ।

४) विगतमा सम्बन्धित समूह अन्तर्गतका कार्यहरू सफतापूर्वक सम्पन्न गरेको प्रमाणित विवरणहरू  ।

५) प्रचलित कानुन बमोजिम अयोग्य नभएको, कालोसुचीमा नपरेको व्यहोरा फर्म, कम्पनी आफैले स्व घोषणा गरी निवेदन साथ संलग्न गर्नुपर्नेछ ।

थप जानकारीहरू

१) म्याद नाघि पेश भएको, आवश्यक कागजातहरू पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।

२) सूचीकृत भएको आपूर्तीकर्ता फर्म र संस्था वा कम्पनीहरूसंग प्रचलित नियमानुसार लिखित दररेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिनेछ ।

३) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरुले सन्तोषजनक सेवा तथा सामान आपूर्ति नगरेको खण्डमा लिखित जानकारी दिई सूचीकृतबाट हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन ।

४) फर्म र संस्था वा कम्पनीहरू सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।

५) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरूको नामावली यस कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।

(अन्य विस्तृत जानकारीको लागी कार्यालय समयमा यस सँस्थाको कार्यालयमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ ।)

केन्द्रिय कार्यालय,

बन्दोबस्ती शाखा-Logistics Department

Email

[email protected] or [email protected]

सुर्यबिनायक–०४, दधिकोट,  भक्तपुर ०१–६६३४०३८÷०८९

https://www.jobsnepal.com/samagara-tatha-sava-aaparatakaratahanprlii-saca-tharataka-lga-aahavana-143218

Other Jobs at Social Awareness and Development Academy SAADA-NEPAL

Loading...

Similar Jobs

Loading...
59 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal