Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-16
Job Description
दरभाउ पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/३२
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) वर्दिवास, महोत्तरी गैर सरकारी संस्थाहरू मध्ये महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र सिन्धुली जिल्लामा कार्यरत एक गैर सरकारी संस्था हो । यससंस्थाले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार लगायत विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विकास सांझेदार निकायहरुसंग सांझेदारी गर्दै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, र सर्लाही जिल्लामा चुरे जलाधार क्षेत्रको संरक्षण, विपद् व्यवस्थापन न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, अल्पीकरण, वातावरण संरक्षण, जिविकोपार्जन तथा महिला शसक्तिकरण, बाल अधिकार संरक्षण, शिक्षा र स्वास्थ सम्वन्धी कार्यक्रमहरू स्थानिय समुदाय मार्फत संचालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा सामुदायिक विकास तथा पैरवी मंच नेपालको कार्यान्वयन तथा Catholic Relief Services Nepal (CRS Nepal) को आर्थिक सहयोग मा संचालित Securing and Protecting Investments and Capacities for Environmental Sustainability (SPICES) and New Homes and Communities (H&C) परियोजना अन्तर्गत भवन संहिता सम्बन्धि ५ दिने तालिम तथा नगरपालिका भवन निर्माण अनुमति प्रणाली निर्देशिका निर्माणका लागि परामर्शदाता आवस्यक परेकोले कम्पनि दर्ताको प्रमाणपत्र तथा ईजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्घि करमा दर्ताका प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणित प्रमाणपत्र प्रतिलिपि, फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता, कारोबार गरेको रकम समेत खुल्ने गरिको कागजातको प्रतिलिपि, अनुभवको प्रमाणपत्र र लेखा परीक्षण, प्रोप्राइटरको नेपाली नागरिकताको प्रतिलिपि सहित दरभाउ पत्र मिति २०८३/०३/३२ गते देखि २०८३/०४/०६ गते साँझ ५ वजे सम्ममा रितपुर्वक माथि उल्लेखित आवश्यक कागजपत्र सहित बोलपत्र फारम पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
परामर्शदाताको भूमिका र जिम्मेवारीहरूः
परामर्शदाताको योग्यताः
यस संस्थाबाट तयार गरिएको दरभाउ पत्र फारम संस्था संग सम्पर्क गरि उपलब्ध गराउने जानकारी गराइन्छ । दरभाउ पत्र फारम सहित अन्य आवश्यक कागजातहरू सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको केन्द्रिय कार्यालय बर्दिबास महोत्तरीमा शिलबन्दी गरि बोलपत्र पत्र पेश गर्नुपर्नेछ । विस्तृत जानकारीको लागि कार्यालय समय भित्र मोवाइल नं ९८४४०३००९३ मा सम्पर्क गर्न अनुरोध गरिन्छ साथै यस संस्थाको खरिद तथा ब्यवस्थापन समितिको ईमेल [email protected] मा मेल गर्न सक्नुहुनेछ । आवश्यकता अनुसार विभिन्न परियोजनाहरूको लागि माथि उल्लेखित सामाग्रीहरू सम्झौता तथा खरिद आदेशबाट पटक पटक सम्झौता तथा खरिद आदेश गरि खरिद गरिने छ ।
Quotation_BCI Training and Directive
ToR_ BCI Training and Directive
सामाग्री खरिद तथा व्यवस्थापन समिति
सामुदायिक विकास तथा पैरवी मंच नेपाल
बर्दिबास, महोत्तरी, मधेश प्रदेश
सम्पर्क नं. ९८४४०३००९३
ईमेल. [email protected]
https://www.jobsnepal.com/tharabhau-pasha-garana-samabnathha-sacana-143228