KOSHISH
Clinical Support Officer full-time
📍 Kathmandu 📅 Posted Jul 17, 2026 Apply by Oct 17, 2026
⭐ 4.5 (Coming soon) 🏷️ Verified

Clinical Support Officer

🏢 KOSHISH 📍 Kathmandu ⏰ Full Time 📅 Posted July 17, 2026

📊 Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-17

📋 Job Description

संरक्षण नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

सूचना प्रकाशन मिति: १ श्रावन २०८३, (१७ जुलाइ २०२६)

संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरुको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।

CARE Nepal, iDE Nepal को सयुक्त साझेदारीमा संरक्षण नेपालको सहजिकरणमा Nurture Every Future-Poshan Project रौतहट जिल्लाको ५ वटा नगरपालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति बर्गहरूको व्यबहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

Care Nepal र iDE Nepal सँगको साझेदारीमा संरक्षण नेपाल संस्थाले (रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकामा) Nurture Every Future-Poshan परियोजना चल्दै आईरहको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

तपसिलका कर्मचारीहरूको पद तथा योग्यता, अनुभव र सिप:

मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नाकोक्तर  तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

JD Link

Clinical Support Officer

नोट: महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

आवश्यक कागजात

१. नेपाली नागरिकताको प्रमाण पत्र

२. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)

५. आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN_Job Application Form.doc)

६  छनौटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)- Physically

आवेदन गर्ने प्रकृयाः

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल [email protected] मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित ७ दिन भित्र ८ असार २०८३ (२४ जुलाइ २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगाना

संरक्षण नेपाल

शखा कार्यालय, रौतहट

फोन नः ०५५–५९०९७१

ईमेल ठेगाना

[email protected]

कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

https://www.jobsnepal.com/clinical-support-officer-143255

✍️ How to Apply

Ready to take the next step in your career?

➡️ Apply on Jobsnepal

स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.

💼 Other Jobs at KOSHISH

Loading...

🔍 Similar Jobs

Loading...
💼 0 people have applied
📊 3 views