Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-17
Job Description
Rural Oriented Youth Movement Nepal (ROYM Nepal) is an NGO established in 2009, dedicated to enhance the sustainable livelihoods of women, disadvantaged and marginalized groups of society through skill transformation, youth engagement, and transformative initiatives aligned with SDGs.
मौजुदा सूचि दर्ता सम्बन्धि सुचना
ग्रामिण मुखी युवा अभियान–नेपाल (ROYM-Nepal) सन २००९ मा स्थापित एक राष्ट्रिय स्तरको गैर–नाफा मुलक, गैर–सरकारी, सामाजिक संस्था हो । यसले समुदायमा आधारीत सामुहिक अभियानमार्फत समानता र सामाजिक न्यायसहितको सामाजिक–आर्थिक रूपमा सवल समाजको निर्माणको निम्ती सीमान्तकृत समुहहरूले भोग्दै गरेको संरचनात्मक बिभेदलाई अन्त्य गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारका लागि आवश्यक वातावरण सिर्जना गर्न र जलवायु परिवर्तनका मुद्धाहरुमा समुदाय स्तरमा कार्यक्रम संचालन गर्दछ । यस संस्थाका लागि आ.व. ०८३/०८४ को लागि नियमित रूपमा आवश्यक पर्ने तपशिल उल्लेखित वस्तु तथा सेवाहरू उपलब्ध गराउनको लागि ईच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूबाट फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्वर/मूल्य अभिवृद्धिकरमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८२/८३ आ.व), प्रोपाईटर/कम्पनी प्रमुखको नागरिता प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो २ बर्षमा विभिन्न संस्था तथा निकायहरूम सेवा प्रदान गरेको प्रमाणपत्रको प्रतिलिपी (यदि भएमा), कुनै पनि निकायमा कालो सूचीमा नरहेको स्वः घोषणापत्र सहित प्रथम पटक सुचना प्रकाशित भएको मितिले १० दिन भित्र यस संस्थाको कार्यलय तथा यस कार्यालयको इमेल ठेगानामा माथि उल्लेखित कागजात उपलब्ध गराई दिनहुन सबैमा जानकारी गराईन्छ । साथै म्याद नाघि आएका निवेदन उपर कुनै कारवाहि गरिने छैन ।
संस्थाको लागि आवश्यक सेवाहरू
१. स्टेशनरी तथा मसलन्द सामानहरु आपुर्ति सम्बन्धि कार्यहरू
२. छपाइ – कपी, पोष्टर, पम्पलेट, टिसर्ट, किताब फ्लेक्स व्यानर) मायाको चिनो
३. फर्निचरः (काष्ठ दराज, टेवल, कुर्सी, स्टिल दराज) तथा फर्निसिङ कार्पेट, कुसन, पर्दा कपडा, आदी
४. कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, मेमोरीकार्ड, पेनड्राइभ
५. विपद् व्यवस्थापन सम्वन्धि तालिम तथा परामर्शदाताहरू
६. परामर्श सेवाः विभिन्न विषयका लागि प्रशिक्षक, अनुबादकर्ता तथा अनुसन्धानकर्ताहरू
७. सवारी साधन ढुवानी, भाडाः (बस, स्कोरपियो, बोलेरो, मिनिट्रक, पिकअप भ्यान, ट्रक,कन्टेनर आदी )
८. आपत्तकालीन सहायताका सामग्रीहरू: (त्रिपाल, डोरी, बाल्टी, ब्ल्याङ्केट, आपत्तकालिन प्राथमिक उपचार बाकस, आदी)
९. हवाई टिकट संवन्धि सेवा
१०. फोटो, भिडियो छायांकन तथा सम्पादन
११. मेसिनरी औजारहरू: संस्थाको आवश्यक्ता अनुसार
१२. लेखा परिक्षण सेवा
ग्रामिण युवा अभियान नेपाल
नागार्जुन नगरपालिका ‐ २, काठमाडौं
सम्पर्क नं. ०१‐५९०६१४६
https://www.jobsnepal.com/majatha-saca-tharata-samabnathha-sacana-143248
Other Jobs at KOSHISH
Similar Jobs
Scan to open on your phone · Download QR