Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-19
Job Description
आपुर्ति सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
प्रथम पटक प्रकाशन मिति
२०८३/०४/०३ गते
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) रौतहटले यस जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सिकाई प्लस परियोजना रौतहट जिल्लाको माधव नारायण र गरुडा नगरपालिका साथै सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका , पर्सा , चन्द्रनगर र ब्रहमपुरी गाउँपालिकामा सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.बं. २०२६/२७ (२०८३/०८४) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता गर्न खोजेको हुँदा RRPK ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ति एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ साउन १७ गते (२ अगस्ट २०२६) कार्यालय समयभित्र कार्यालयमा वा इमेल ([email protected]) मार्फत पेश गर्न आह्वान गर्दछौँ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
६.कर नलाग्ने फर्म वा सेवा प्रदायक को हकमा कर छुट को प्रमाणपत्रको प्रतिलिपि
आवश्यक सुचि दर्ताको फारम तलको Link मा रहेको साथै कार्यालयमा सम्पर्क राखी समेत पाउन सकिनेछ ।
सम्पर्क ठेगाना
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK),
चन्द्रनिगाहपूर –४ , रौतहट
फोन नं. ९८०२८८६४४०
इमेल
https://www.jobsnepal.com/aaparata-sapalii-samabnathha-sacakata-hana-sacana-143270
Other Jobs at Helping Heart for Relief and Development Nepal
Similar Jobs
Scan to open on your phone · Download QR