सुचिकृत हुन तथा फ्रेमवर्क सम्झौताको लागि सूचना आह्वान full-time
Kathmandu Posted Jul 20, 2026 Apply by Oct 20, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-20

Job Description

संरक्षण नेपाल (Protection Nepal)

सुचिकृत हुन तथा फ्रेमवर्क सम्झौताको लागि सूचना आह्वान

प्रथम पटक प्रकाशित मिति २०८३/०४/०४

संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैर राजनैतिक, धर्मर्नीपेक्ष र गैर नफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्ला कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरूमा काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखिममा परेका, सिमान्तकृत, समाजिक तथा आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । संरक्षण नेपालले मधेश प्रदेशको बारा जिल्ला लगायत अन्य जिल्लाहरूमा परियोजाहरू (Nurture Every Future: POSHAN NepaL Project, Children Happily Involved in Learning and Development -CHILD_ project, Integrated Community Health Project,  Child Helpline Service 1098 Program, Strengthening Child Protection Systems through Child Helpline 1098, Local Governance, and Community Mechanisms) सञ्चालन गर्दै अएको छ । यसै संदर्भमा संरक्षण नेपाललाई आर्थीक वर्ष २०८३/०८४ को लागी दैनिक प्रयोजनामा आवश्यक निम्न सेवा र सामानहरू उपलब्ध गराउनुपर्ने भएकाले इच्कुक आपुर्तीकर्ताहरूलाइ सुचिकृत हनु र दरभाउ को लागि आवेदन अह्वान गर्दछौ। आपूर्तिकर्ताले सुचिकृत हुनको लागि सप्लार्यस पूर्व योग्यता फारम सहित व्यवसयारफर्म दर्ताको प्रमाणको प्रतिलिपि, आन्तरिक राज्शव कार्यालयमा कारोबार दर्ता गरिएको व्यसायिक तथा संस्थागत नविकरण भएका दर्ताका प्रमाणको पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, २०८१/०८२  को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, सञ्चालकको नागरिकताको छाया कपि प्रथम पटक प्रकाशित मितिले १५ दिन २०८३ श्रावन १८ गते भित्र संरक्षण नेपालको रौतहट जिल्लाको चन्द्रपुर–५ स्थित शाखा कार्यालय, निजगढ शाखा कार्यालय वा संरक्षण नेपालको मुख्य कार्यालय कलैयामा आवेदन दर्ता गराउनु पर्ने तथा फ्रेमवर्क सम्झौताको लागि इच्छुक सप्लार्यस तथा फर्महरूले कार्यालयमै उपस्थित भएर सिलबन्दी गरेको दरभाउ बुझाउन हुन अनुरोध छ । सप्लार्यस पुर्व योग्यता फारम तल दिएको इमेलबाट पनि माग गर्न सकिन्छ वा डाउनलोड गर्न सकिने छ ।

१. स्टेस्नरी तथा मसलन्द सामानहरू

२. लेक्ट्रिक उपकरणहरू (कम्प्युटर, प्रिन्टर, फोटोकापी मेसिन, क्यामरा, व्याट्री, स्क्यानर मोबाइल मर्मत समेत आदि)

३. सफटवेयर निर्माण सम्बन्धि सामाग्रीहरू

४. फर्निचर तथा फर्निसिङ्ग सम्बन्धि सामाग्रीहरू

५. जेनरल फुड तथा गैर फुड सामाग्री

६. पत्रपत्रिका, रेडियो विज्ञापन तथा सूचना सेवा

७. ट्राभल्स तथा टुर्स र ढुवानी सेवा (गाडी भडा, हवाई टिकट, ढुवानीको लागि पिक अप)

८. मोटरसकाईकल स्पेयर पार्टस तथा मर्मत

९. आवसीय कार्यक्रममा वैठक र सेमिनारको लागि होटेल सेवा

१०. मेडिकल तथा सर्जिकल्स सामाग्रीहरू

११. परामर्श, लेखा परिक्षण सेवा सम्बन्धित कार्य

१२. प्रेस तथा छापाखाना सम्बन्धी कार्य

१३. पत्र पत्रिका तथा पुस्तक आपुर्ति कार्य

१४. तयारी पोसाक तथा पोसाकको लागि कपडा, व्याग, जुता समाग्रीहरू

१५. भौतिक निर्माण सम्बन्धी कार्य

१६. नास्ता प्याकेट (खाजा)

१७. कृषि तथा एग्रोभेट

१८. पोल्ट्री सम्बन्धि

१९. किराना तथा खाधन्न समाग्री

२०. अन्य विभिध सामाग्री तथा सेवा

सामान्य निर्देशन

क) सप्लायरले एक भन्दा बढी सेवाहरू गर्ने हो भने सप्लायर पूर्व योग्यता फारममा स्पष्ट रुपमा सेवाहरूको नाम उल्लेख गर्नुपर्ने छ ।

ख) स्टेसनरी तथा मसलन्द सामान, जेनरल फुड तथा गैर फुड सामाग्री, भाडाको गाडी, मोटरसाइकल स्पेयर पार्टर तथा मर्मत सेवा तथा अवासीय कार्यक्रम तथा वैठक र सेमिनारको लागि होटेल सेवाको हकमा फ्रेमवर्क सम्झौता (Framework agreement) गर्नु पर्नेछ ।  फ्रेमवर्क सम्झौताका लागि संरक्षण नेपालले अनुमानित सेवा तथा समाग्रीको विवरण उपल्बध गराउने छ ।

ग) ईच्छुक सप्लायर तथा फर्महरूले सुचिकृत हुने तथा फ्रेमवर्क सम्झौताको लागि पेश गरिएको दरभाउ छुट्टाछुट्ट सिलबन्दी गरिएको खाममा बुझाउनु पर्ने छ ।

Form Link

Suppliers redg. form

थप जनकारीको लागि

संरक्षण नेपाल, शाखा चन्द्रनिगहपुर, रौतहट फोन नं. ०५५‑५९०९७१

संरक्षण नेपाल, शाखा कार्यालय निजगढ बारा, फोन नं. ०५३‑५९००३१

संरक्षण नेपाल मुख्य कार्यालय कलैया, बारा, ०५३‑५५०६०५

Email

[email protected]

https://www.jobsnepal.com/sacakata-hana-tatha-faramavaraka-samajhataka-lga-sacana-aahavana-143288

Other Jobs at National Federation of the Disabled Nepal

Loading...

Similar Jobs

Loading...
44 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal