Handicap International
शिलबन्दी बोलपत्र आह्वानको सुचना full-time
📍 Kathmandu 📅 Posted Jul 21, 2026 Apply by Oct 21, 2026
⭐ 4.5 (Coming soon) 🏷️ Verified

शिलबन्दी बोलपत्र आह्वानको सुचना

🏢 Handicap International 📍 Kathmandu ⏰ Full Time 📅 Posted July 21, 2026

📊 Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-21

📋 Job Description

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

ग्रामीण विकास केन्द्र नेपाल

शिलबन्दी बोलपत्र आह्वानको सुचना

दोश्रो पटक प्रकाशित मिति २०८३/०४/०४  गते

अक्सफाम नेपाल तथा ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा संचालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना (BCRC)" अन्तर्गत विभिन्न कृषि जन्य सामग्री र उपकरणहरू खरिद गर्नु पर्ने भएकोले इच्छुक आपुर्तीकर्तारविक्रेताहरूबाट रीतपूर्वक शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

१. फारम र आवश्यक कागजात प्राप्ति: VAT मा दर्ता भएको इच्छुक तथा योग्य कृषि कम्पनि वा आपुर्तिकर्ताले यसै सुचनामा उल्लेखित लिंक मार्फत आवस्यक कागजातहरू डाउनलोड गर्न सक्नुहुनेछ ।

२. बोलपत्र पेश गर्ने विधि

क) बोलपत्र फारम रितपूर्वक भरी, प्रत्येक पानामा आपूर्तिकर्ताको आधिकारिक हस्ताक्षर र फर्मको छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ ।

ख) यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र अर्थात् मिति २०८३/०४/१० गते बेलुका ४:०० बजेसम्म प्राविधिक तथा आर्थिक प्रस्तावहरू छुट्टाछुट्टै खाममा राखी लाहाछाप (Wax Seal) सहित शिलबन्दी गरी पेश गर्नुपर्नेछ। प्रत्येक खामको बाहिरी भागमा उक्त प्रस्ताव प्राविधिक प्रस्ताव वा आर्थिक प्रस्तावमध्ये कुन हो भन्ने स्पष्ट विवरण उल्लेख गरिएको हुनुपर्नेछ।साथै, खाममा बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ।

ग) बोलपत्र हार्डकपीमार्फत पेश गर्दा, तल उल्लेखित संस्थाको मुख्य कार्यालयमा “BCRC-CSA Tender Submission” विषय उल्लेख गरी बुझाउनुपर्नेछ।

घ) विद्युतीय माध्यम (Online/Email) मार्फत बोलपत्र पेश गर्न चाहने बोलपत्रदाताले प्राविधिक तथा आर्थिक प्रस्तावका छुट्टाछुट्टै फाइलहरू उल्लेखित इमेल ठेगानामा “BCRC-CSA Tender Submission” विषय उल्लेख गरी पठाउन सक्नेछन्। अनलाइनमार्फत पेश गरिएका सबै फाइलहरू PDF संस्करणमा हुनुपर्नेछ। साथै, आर्थिक प्रस्तावको फाइल पासवर्डद्वारा सुरक्षित (Password Protected) गरिएको हुनुपर्नेछ।

ङ) बोलपत्र खोल्ने क्रममा यस संस्थाको खरिद समितिले सम्बन्धित बोलपत्रदातासँग इमेलमार्फत पासवर्ड माग गरी आर्थिक प्रस्तावको फाइल खोल्नेछ। त्यसैले, यस सूचनामा तथा प्राविधिक प्रस्तावमा उल्लेख गरिएको मिति र समयमा अनलाइनमार्फत बोलपत्र पेश गर्ने बोलपत्रदाताहरू सम्पर्कमा रहनुपर्नेछ।

च) निर्धारित समयमा कुनै बोलपत्रदाताले पासवर्ड उपलब्ध नगराएमा अन्य बोलपत्रहरू खोल्ने कार्यमा कुनै बाधा पुग्ने छैन। साथै, तोकिएको समयमा पासवर्ड प्राप्त नभएका आर्थिक प्रस्तावहरू स्वतः खारेज भएको मानिनेछ।

४. बोलपत्रदाताले रू. १,२०,०००/- बराबरको बोलपत्र जमानत (Bid Security) तथा छनोट भएका बोलपत्रदाताले सम्झौता रकमको ५५ बराबरको कार्यसम्पादन जमानत (Performance Security) पेश गर्नुपर्नेछ। विस्तृत विवरण बोलपत्र कागजातमा उल्लेख गरिएको छ।

५. सार्वजनिक बिदा: बोलपत्र फारम पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा, सोको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा बुझाउन/प्राप्त गर्न सकिनेछ ।

६. बोलपत्र खोल्ने प्रक्रिया: बोलपत्रहरू तोकिएको मिति र समयमा आपूर्तिकर्ता वा निजको आधिकारिक प्रतिनिधिको भौतिक  उपस्थितिमा खोलिनेछ । तोकिएको मिति र समयमा बोलपत्रदाता अनुपस्थित भए तापनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तोकिएको समयमा बोलपत्र खोल्न नसकिए सो सम्बन्धमा आवेदकहरूलाई  सुचना गरि नया परिवर्तित मिति र समय बारे जानकारी गराईन्छ

७. अधिकार सुरक्षित र अनुपालन

क) बोलपत्रहरूलाई प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा स्वीकार वा अस्वीकार गर्ने वा कारण उल्लेख गरी वा नगरी यो सूचना नै रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थाको खरिद समितिमा सुरक्षित रहनेछ ।

ख) रितपूर्वक नभरिएको, आवश्यक कागजात संलग्न नभएको वा म्याद सकिएर प्राप्त भएको बोलपत्र स्वतः रद्द मानिनेछ ।

ग) बोलपत्र तयारी तथा पेश गर्न लाग्ने सम्पूर्ण खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नु पर्नेछ ।

घ) यस सूचनामा उल्लेख गरिएका शर्तहरूका अतिरिक्त अन्य आवश्यक प्रक्रियाहरू यस संस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

चन्द्रपुर ४, रौतहट, मधेश प्रदेश

फोन.नं. ०५५–५४०२०३, ९८६५४११८३३

ईमेल

[email protected]

https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavanaka-sacana-143293

✍️ How to Apply

Ready to take the next step in your career?

➡️ Apply on Jobsnepal

स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.

💼 Other Jobs at Handicap International

Loading...

🔍 Similar Jobs

Loading...
💼 0 people have applied
📊 3 views