आपूर्तिकर्ता सूचीमा (Vendor Registrations) सूचीकृत हुने सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 22, 2026 Apply by Oct 22, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-22

Job Description

आपूर्तिकर्ता सूचीमा (Vendor Registrations) सूचीकृत हुने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशन मिति: २०८३ श्रावण ६ गते)

यस स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान बिकास नेपाल (हर्ड नेपाल) ले आ.व २०८३ ⁄ ८४ को लागि तपशील मा उल्लेखित आवश्यक विविध सामाग्रीहरू तथा सेवाहरू आपूति गर्ने प्रयोजनको लागी सम्ंबन्धित बिषयको कारोबार गर्न नेपाल सरकार बाट इजाजत प्राप्त गरेका इच्छुक रजिस्टर्ड फर्म ⁄ कम्पनी,  आपुर्तीकर्ता एवंम सेवा प्रदायकहरू बाट आपूर्तिकर्ता सूची (Vendor List) मा सूचीकृत हुनका लागी आबेदन पेश गर्न आह्वान गरिन्छ।

क) संस्थालाई आवश्यक विविध सामाग्रीहरु तथा सेवाहरू:

१.कार्यालय प्रयोजनको लागि मसलन्द तथा स्टेशनरी सामाग्रीहरू ।

२. बिभिन्न प्रकारका छपाई सम्वन्धी कार्य (फ्लेक्स प्रिन्ट, होर्डिङ्ग वोर्ड, स्वास्थ्य तथा सरसफाइ सम्वन्धी कोटेशन लेखन, भिजिबिलिटी समाग्री टी-सर्ट, टोपी, झोला आदि ।

३. कम्प्युटर, फोटोकपी, प्रिन्टर तथा त्यस सम्वन्धी आवश्यक पाट पुर्जाहरु ।

४. मर्मत कार्य (कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, टेलिफोन, इन्भर्टर आदि) ।

५. कार्यालय प्रयोजनका मोटरसाइकल/ स्कुटर का पाटपुर्जा तथा मर्मत सम्ंबन्धि कार्य ।

६. फर्निचर र फर्निसिंग सम्बन्धी कार्य ।

७. हार्डवयर (निर्माण सम्वन्धी विभिन्न किसिमका रंगरोगन, इनामेल, सिमेन्ट /हृवाइट सिमेन्ट, डिस्टेम्पर, तार्पिन तेल, ब्रश, रोलर, त्रिपाल, प्लास्टि, बालुवा रड, UPVC सामाज्री  आदि) ।

८. होटल सेवा (आवासीय तथा गैर आवासीय कार्यक्रम, तालीम प्रयोजनको लागी) ।

९. गाडी भाडा तथा ढुवानी सम्बन्धी (कार, भ्यान, जीप, मिनी बस, ट्राकटर, मिनी ट्रक, ट्रक आदि।

१०.शैक्षिक सामग्री हरु (किताब, सिकाई सामग्री, कपडा, जुत्ता, झोला आदी ।

ख) दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. कम्पनी प्रोफाइल (लागु हुने अवस्थामा)

६. सस्था / कम्पनीको नागरिकताको प्रतिलिपि

७. पछिल्लो दुईबर्ष सम्म विभिन्न संघ–संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । तथा यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

ग. आवेदन बुझाउने तरिका / सम्पर्क ठेगाना:

इच्छुक रजिस्टर्ड फर्म ⁄ कम्पनी,  आपुर्तीकर्ता एवंम सेवा प्रदायकहरु बाट आफ्नो Letter Head मा निबेदन /दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु सहित मिति २०८३/०४ /२० गते (०५ अगस्ट, २०२६) भित्र कार्यालयको आधिकारीक इमेल ठेगाना वा कार्यलयमा सम्पर्क गरी कार्यालय समयमा आबेदन पेश गर्न सकिनेछ ।

सम्पर्क ठेगाना

1) HEARD Nepal, Rajbiraj, Saptari, Madhesh Province, Nepal

2) HEARD Nepal, Biratnagar, Koshi Province Office, Nepal

3) HEARD Nepal, Kathmandu, Bagmati Province Office, Nepal

सम्पर्क फोन न. ०३१ -२५९०२३१ or ०२१- ४६४१३७

सम्पर्क मोबाईल नम्बर: ९८५५०२८१३७ / ९८५२०३०१३७

नोट: HEARD नेपाल संग कुनै पनि वा सम्पूर्ण EOI लाई कुनै कारण नखुलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित रहने छ।

https://www.jobsnepal.com/aaparatakarata-sacama-vendor-registrations-sacakata-hana-samabnathha-sacana-143328

Other Jobs at Social Entrepreneurs Women Alliance Nepal (SEWA Nepal)

Loading...

Similar Jobs

Loading...
40 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal