आपूर्ति तथा दररेट पेश गर्ने सम्बन्धी सूचना
📊 Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-24
📋 Job Description
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वा, पर्सा
पटेर्वा सुगौली गाउँपालिका–४, पर्सा
आपूर्ति तथा दररेट पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०४/०७ गते
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वा, पर्साले ActionAid Nepal तथा Divya Development Resource Centre (DDRC), Parsa को संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको समन्वयमा विद्यालयको चार कोठे भवन निर्माण कार्यका लागि आवश्यक पर्ने देहायबमोजिमका निर्माण सामग्री तथा सेवाहरू खरिद गर्नुपर्ने भएकोले योग्य तथा इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता गर्न इच्छुक रहेको छ।
तसर्थ, प्रचलित कानूनबमोजिम दर्ता भएका इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्म/कम्पनीहरूलाई आफ्नो फर्म/कम्पनीको दररेटसहित देहायबमोजिमका आवश्यक कागजातहरू संलग्न गरी मिति २०८३ साल साउन १७ गते कार्यालयको समयभित्र यस विद्यालयको कार्यालयमा वा इमेल [email protected] मार्फत पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
आवश्यक निर्माण सामग्री तथा सेवाहरू
१. स्क्वायर फिटका आधारमा भवन निर्माणसम्बन्धी सेवा
४. बालुवा, गिटी तथा बोल्डर
पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा आधिकारिक बिक्रेता प्रमाणपत्र (Authorized Dealer Certificate), लागू हुने अवस्थामा।
२. स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि।
३. आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।
महत्वपूर्ण सूचना
१. आपूर्तिकर्ता/फर्म/कम्पनीले प्रत्येक सामग्री वा सेवाको इकाइ, दररेट तथा लागू हुने करसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
२. दररेट पेश गर्दा आपूर्ति, ढुवानी तथा अन्य लागू हुने खर्च समावेश भए/नभएको स्पष्ट खुलाउनुपर्नेछ।
३. विद्यालयले आवश्यकता, गुणस्तर, दररेट, आपूर्ति क्षमता तथा प्रचलित नियमअनुसार उपयुक्त आपूर्तिकर्ता/फर्म/कम्पनी छनोट गर्नेछ।
४. विद्यालयले कुनै वा सबै दररेट स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।
५. आवश्यक परेमा विद्यालयले सम्बन्धित आपूर्तिकर्ता/फर्म/कम्पनीसँग थप विवरण वा कागजात माग गर्न सक्नेछ।
सम्पर्क ठेगाना
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वा, पर्सा
पटेर्वा सुगौली गाउँपालिका–४, पर्सा
सम्पर्क नं.
9848701331
इमेल
https://www.jobsnepal.com/aaparata-tatha-thararata-pasha-garana-samabnathha-sacana-143390
✍️ How to Apply
Ready to take the next step in your career?
➡️ Apply on Jobsnepal
स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.