Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- EducationSLC / SEE
- Deadline2026-10-24
Job Description
दरभाउ/बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मितिः २०८३ श्रावण ०८ गते
दरभाउ/बोलपत्र न. ००२–२०८३/०८४
ईन्टरनेशनल नेपाल फेलोशिप (आई एन एफ) नेपाल सन् १९५२ मा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले अस्पताल र स्वास्थ्य तथा सामुदायिक विकासका कार्यक्रमहरू मार्फत नेपालका गरिब र सिमान्तकृत जनताको भरिपूर्ण जीवनयापनको लागि सेवाहरू गर्दछ । आई एन एफ नेपालले हाल नेपालका गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य तथा सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेकोछ ।
आई एन एफ नेपाल सामुदायिक स्वास्थ्य तथा विकास कार्यक्रम अन्तर्गत बाजुरा र कालिकोट शाखाले तपसिलमा उल्लेखित बस्तु तथा सेवा र परामर्श सेवाको आपूर्तिका लागि इजाजत प्राप्त ईच्छुक योग्य आपूर्तिकर्ताहरू तथा परामर्शदाताहरूबाट तल दिईएको ठेगानामा आईपुग्ने गरी दरभाउ/बोलपत्र पेश गर्न हुन आह्वान गरिन्छ ।
१) दरभाउ/बोलपत्र मिति २०८३ श्रावण २१ गते बिहीबारका दिन दिउसो ३:०० बजे भित्र पेश गरिसक्नु पर्नेछ ।
२) दरभाउ/बोलपत्र सम्बन्धि कागजातहरू डाउनलोड गर्न सकिनेछ ।
३) आपूर्तिकर्ताले दरभाउपत्र/बोलपत्रको साथमा अध्यावधिक फर्म दर्ता, स्थायी लेखा.न/मु.अ.कर दर्ता र आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्रहरूको कपी साथै अन्य कागजातहरू दरभाउपत्र/बोलपत्र डकुमेन्ट र टि ओ आरमा माग गरिए बमोजिम पेश गर्नुपर्नेछ ।
४) दरभाउपत्र/बोलपत्रमा उल्लेख गरिएको मुल्य सूचीमा प्रचलित सबै प्रकारका करहरू र खर्च समावेश गरिएको हुनु पर्नेछ ।
५) आपूर्तिकर्ताले एक पटक पेश गरी सकेको दरभाउ/बोलपत्र संसोधन, सच्याउन र फिर्ता लिन अनुमती दिईने छैन् ।
६) तोकीएको ढाँचामा मुल्य सूचीमा उल्लेख नगरिएको, म्याद नाघी प्राप्त भएको वा बैधानिक कागजातहरू संलग्न नभएका दरभाउपत्र/बोलपत्रहरू उपर कुनै कारबाही गरिने छैन ।
७) आपूर्तिकर्ताले दरभाउपत्र/बोलपत्र सिलबन्दी खाममा पेश गर्नुपर्नेछ । खामको बाहिरी भागमा स्पष्ट आपूर्ति गर्नुपर्ने बस्तु तथा सेवा वा परामर्श सेवा उल्लेख गरी फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप लगाएको हुनु पर्नेछ ।
८) प्राप्त दरभाउपत्र/बोलपत्रहरू मिति २०८३ श्रावण २२ गते शुक्रबारका दिन बिहान ११:०० बजे (उक्त दिन विदा पर्ने गएमा सोको भोलिपल्ट सोही समयमा) आपूर्तिकर्ता/परामर्शकर्ता वा निजका प्रतिनिधिहरूको रोहवरमा तपसिलमा उल्लेखित ठेगानमा खोलिनेछ । यसरी उल्लेखित समयमा उपस्थित नभएमा पनि दरभाउपत्र/बोलपत्र खोल्न कुनै बाधा भएको मानिनेछैन ।
९) कार्यालयले कुनै वा सवै दरभाउपत्र/बोलपत्र स्वीकृत/अस्वीकृत/आशिंक रुपमा स्वीकृत गर्ने वा सम्पूर्ण प्रकृया रद्ध गर्ने अधिकार सुरक्षित राख्नेछ । यस सम्बन्धमा कुनै दावी मान्य हुने छैन ।
Bid document for Plastic and Semi Hi Tech house construction.pdf
Bid document for MICS (stoves).pdf
Bid document for Agri tools and equipment.pdf
Bid document for seed and Equipment supply.pdf
TOR and bid document for RISE project Mid evaluation.pdf
TOR and bid document for Y4M phase 2 project final evaluation.pdf
दरभाउ/बोलपत्रको हार्ड कपी पेश गर्ने ठेगाना:
आई एन एफ नेपाल बाजुरा शाखा, बुढीनन्दा न.पा.०२, कोल्टी बाजुरा, फोन न. ०९७–५४१२३६
आई एन एफ नेपाल बाँके शाखा, जानकी गा.पा.–०३, बाँके फोन. ०८१–५३४०३०/९७४३५३२९७८
https://www.jobsnepal.com/tharabhaublpatara-aahavana-143368
Other Jobs at Ratauli Yuwa Club (RYC)
Similar Jobs
Scan to open on your phone · Download QR