Youth Innovation Lab
सेवा र सामाग्रि आपूर्तिकर्ताहरूको लागि सूची दर्ता सम्बन्धी सूचना full-time
📍 Kathmandu 📅 Posted Jul 26, 2026 Apply by Oct 26, 2026
⭐ 4.5 (Coming soon) 🏷️ Verified

सेवा र सामाग्रि आपूर्तिकर्ताहरूको लागि सूची दर्ता सम्बन्धी सूचना

🏢 Youth Innovation Lab 📍 Kathmandu ⏰ Full Time 📅 Posted July 26, 2026

📊 Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-26

📋 Job Description

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

ग्रामिण विकास केन्द्र नेपाल

चन्द्रपुर ०४, रौतहट

सेवा र सामाग्रि आपूर्तिकर्ताहरूको लागि सूची दर्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८३/०४/१० गते

ग्रामीण विकास केन्द्र नेपाल (Rural Development Centre Nepal-RDC Nepal), मधेश प्रदेश को रौतहट जिल्लामा दर्ता भई विगत २४ वर्ष देखि संचालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा विपद व्यवस्थापन, वालवालिका तथा महिला संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, जलवायू परिवर्तन, प्रकृति स्रोत साधन व्यवस्थापन, सुशासन, सामाजिक परिचालन, लघु उद्यम विकास जस्ता कार्यहरूमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यस संस्थालाई आ.व.२०८३/०८४ (FY-2026/027) का लागि तल उल्लेखित वस्तु तथा सेवा आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरी खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता गर्न खोजेको हुदा योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व योग्यता प्रकृयामा (Supplier pre-qualification process) सहभागी हुन इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायकहरुबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०४/२५ गते  (१० अगस्त २०२६) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गरिन्छ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

क) बस्तु तथा सामाग्री तर्फ

१) कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुदका सामग्रिहरू आपूर्ति गर्ने कार्यहरू ।

२) कृषि औजार, पशु सम्बन्धि , बिउबिजन, मल, किटनासक औषधी, बाख्रा फर्म, कुखुरा फर्म, सुँगुर फर्म सम्बन्धि कार्यहरू ।

३) हात धुने केन्द्र स्थापनाको लागि आवश्यक सामग्री तथा विभिन्न प्रकोपको लागि सामग्री जस्तै लाइफसेफ जैकेट, रेडिमेट घर बनाउने सामग्री, सेनीटाइजर, हात धुने साबुन, किट बैग, मास्क, छाता, टर्च लाईट इत्यादी आपूर्ति गर्ने ।

४) फर्निचर (काष्ठ तथा स्टिलका टेबल, कुर्सि, दराज), फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी सामानहरू आपूर्ति गर्ने कार्य

५) हार्डवेयर (निर्माण सामाग्रि–सिमेन्ट, रड, कर्कटपाता आदि, रङ्गरोगन, सिचाइ सामाग्रि) आपूर्ति सम्बन्धि कार्य

६) माटो, बालुवा र गिटी, ईट्टा, ढुङ्गा आदी आपुर्ति गर्ने ।

७) किराना सम्बन्धी सामग्रीहरू (चामल,दाल,नुन,खाने तेल, चिनी, साबुन तथा अन्य सामग्रीहरू)

८) स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल, कपडा, रेडिमेड कपडा तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य

९) प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरू, बिपत व्यवस्थापनका सामाग्रि आपुर्ति गर्ने कार्य

१०) ठेला, रिक्सा, सिलाई मेसिन, साइकल, इलेक्ट्रिक आइरन, सलुन सामग्री, ईलेक्ट्रोनिक सामग्री आपूर्ति तथा मर्मत

११). चुरि लहठी, श्रृङ्गार सम्बन्धी कस्मेटिक सौन्दर्य आपूर्ति तथा सम्बन्धी तालिम आपुर्ति

१२) अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री अपुर्ति गर्ने कार्य ।

१३) कम्प्युटर, सिसि टिभी, फोटोकपी, प्रिन्टर, टेलिफोन आपुर्ती

१४) भाडावर्तन, ग्यास सिलिण्डर किचनमा प्रयोग हुने सामाग्री

१५ं) पिउने पानी आपूर्ति कर्ता ।

१६) मेडिकल उपकरण, औषधी तथा सो सँग सम्बन्धीत सामाग्री

१७) ईलेक्ट्रोनिक सामग्री (फ्रिज, डिप फ्रिज, प्रोजेक्टर, ल्यापटप, क्यामेरा इत्यादी सामाग्री) आपूर्ति

१८) उद्दार सामग्री तथा सुरक्षा उपकरणहरूको आपूर्ति कर्ता ।

ख) सेवा सम्बन्धी कार्य तर्फ

१) सवारी साधन– स्कारपियो, बोलेरो, पिकअप भ्यान, हायस,वुइङ्गर, मिनि ट्रक, र ट्राक्टर भाडामा लिने सम्बन्धि कार्य ।

२) छपाई (कपि ,ब्यानर, ब्रोसर, पोष्टर, किताब, टि–सर्ट र क्यानभास ब्यानर आदी) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू

३) पत्रपत्रिका विज्ञापन, एफ.एम.रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण, कुरियर सेवा (राष्ट्रिय स्तरमा) हवाई टिकट सेवा आदि ।

४) पुर्वाधार निर्माण– भवन निर्माण, शौचालय निर्माण, खानेपानी ओभरहेड ट्याङ्क निर्माण तथा पाइपलाइन बिस्तार, धारा जडान, चापाकल (ह्याण्ड पम्प  निर्माण कार्य सम्बन्धि कार्य

५) आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (आवासीय तालिम, बैठक, सेमिनारहरूका लागि)

६) समुदायमा खाना तथा खाजा, चिया नास्ता आपूर्ती, हल भाडा सम्बन्धी सेवा (रौतहट जिल्लाका लागि)

७) कार्यक्रमहरुका लागि साउन्ड सिस्टम तथा टेन्ट व्यवस्थापनको लागि आवश्यक सेवाहरू

८) सडक नाटक सम्बन्धी सेवा, भिडियो प्रदर्शनी सम्बन्धी सेवा

९) परामर्श सेवाहरू (विभिन्न विषयका प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)

१०) ईन्जीनियरिङ्क तथा डिजाईन र कन्सल्टेन्सी सम्बन्धी सेवा

११) बहुवर्षे प्रजातिका रुख तथा फलफूलका विरुवा आपूर्ती सम्बन्धी सेवा

१२) लेखा परिक्षण सम्बन्धी सेवा

१३) रेडियो तथा टेलिभिजनमा श्रव्य दृश्य तथा सूचना प्रशारण सम्बन्धी सेवा

१४) जिवन तथा निर्जिवन विमा सेवा

१५) उद्यमशीलता तथा सिपमूलक तालिम प्रदान गर्ने सेवा प्रदायक

१६) बिपद्द जोखिम तालिम र सहजकर्ता, कृषि तालिम, जेसी अडिट, सोसल अडिट,लेबर अडिट

ग) मर्मत सम्बन्धी कार्य तर्फ 

१) कम्प्युटर, ल्यापटप, सिसि टिभी, फोटोकपी तथा प्रिन्टर मेसिन, टेलिफोन मर्मम तथा जडान सम्बन्धी कार्य

२) गाडी, साइकल र मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

३) इलेक्ट्रोनिक्स उपकरण, विद्युत उपकरण मर्मत तथा जडान

४) पुर्वाधार मर्मत– (भवन,शौचालय) आदी

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. पछिल्लो दुई बर्ष सम्म विभिन्न सार्वजनिक निकायहरूमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

जिल्ला भित्र दार्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरूलाइ प्राथमीकता दिइने छ ।

आवश्यक सुचिदर्ताको फारम ग्रामीण विकास केन्द्र नेपालको  कार्यलयमा सम्पर्क राखि पाउन सकिने छ वा तल उल्लेखित लिङ्क मार्फत डाउनलोड गर्न सकिनेछ । सुचिदर्ताको फारम (सुचिदर्ता निवेदन, सुचिदर्ता फारम आपुर्तिकर्ता आचारसंहितामा सहिछाप गरि बन्द खाम भित्र राखि तल उल्लेखित सम्पर्क ठेगाना वा इमेल मार्फत बुझाउन सकिनेछ ।

सुचि दर्ता फारमको लिङ्क : Please click this Link to download Supplier Registration Form: Link

नोटः– परामर्शदाता (Consultant) र आपूर्तिकर्ता (Supplier) का लागि अलग/अलग दर्ता फारम छन्। कृपया आफूलाई सम्बन्धित पर्ने कुनै एक फारम मात्र भर्नु होला ।  तपाईंहरूको सुविधाका लागि नेपाली भाषामा समेत फारम संलग्न गरिएको छ, त्यसैले नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषाको फारम मात्र भर्नु होला ।

सम्पर्क ठेगाना

ग्रामीण विकास केन्द्र नेपाल, चन्द्रपुर ०४, शाखा कार्यालय गौर–०५ रौतहट,

इमेल

[email protected]

फोन नं.

०५५—५४०२०३, ०५५—५२०२४०

https://www.jobsnepal.com/sava-ra-samagara-aaparatakaratahanprka-lga-saca-tharata-samabnathha-sacana-143394

✍️ How to Apply

Ready to take the next step in your career?

➡️ Apply on Jobsnepal

स्रोत: Jobsnepal | You will be redirected to the original job posting to complete your application.
KaamNepal does not collect applications or store personal data.

💼 Other Jobs at Youth Innovation Lab

Loading...

🔍 Similar Jobs

Loading...
💼 0 people have applied
📊 3 views