Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-10-27
Job Description
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशित मिति : २०८३ श्रावण ११ गते सोमवार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको सबै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरूका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
Care Nepal सँगको सहकार्यमा महोत्तरी जिल्लाको औराही र रामगोपालपुर नगरपालिकामा Poshan Program (पोषण कार्यक्रम) यस संस्था द्धारा सञ्चालन भईरहेको हुँदा उक्त कार्यक्रम अन्तर्गत तपशील अनुसारका कर्मचारी आवश्यक रहेकाले योग्यता पुगेका स्थानीय नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।
१. स्वास्थ्य, पोषण र सामाजिक क्षेत्रमा तीन वर्षको कार्य अनुभव भएको ।
२. GESI, SBC, समाजिक मान्यता, सुरक्षा कार्यान्वयन र लैंगिक स्पान्तरणमा कार्य अनुभव भएको ।
३. राष्ट्रिय GESI, SBC, लैंगिक उत्तरदायी, सुरक्षा, नीतिहरू र दिशानिर्देशहरूसंग परिचित भएको ।
४. बलियो सहजीकरण, वकालत, संवाद सञ्चार र प्रतिवेदन सीपहरू भएको ।
५. गुणस्तर, सुरक्षा र उत्तरदायित्वप्रति प्रतिकद्त्रताकोसाथ एक सहयोगी टोली उन्मुख दृष्टिकोण भएको ।
६. सरकारी र गैर सरकारी संस्थाहरूसँगको सहकार्य र समन्वयमा स्रोत र प्राविधिक विशेषज्ञताको लाभ उठाउने व्यवाहारिक अनुभव भएको ।
७. विभिन्न क्षेत्रीय एकाइहरू, निजी क्षेत्रका संस्थाहरू, स्थानीय सामुदायिक संस्थाहरू, दाताहरू, र अन्य सरोकारवालाहरू, विशेष गरी प्रदेश र स्थानीय स्तरहरूमा सरकारी प्रतिनिधिहरूसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता भएको ।
८. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको ।
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू
१. व्यक्तिगत विवरण (Personal bio-data)
२. निवेदन (Application)
३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship)
४. शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates)
५.तालिम तथा कार्यअनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter)
६. दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)
आवेदन दिने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान रतरिका स्थान : दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा
ईमेल : [email protected] मा आवेदन इमेल गर्न सकिन्छ ।
छोटो सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौँ । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौँ ।
https://www.jobsnepal.com/gesi-sbc-officer-143405
Other Jobs at Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa
Similar Jobs
Scan to open on your phone · Download QR