टेन्डर बोलपत्र आह्वान गरिएको सूचना full-time
Kathmandu Posted Jul 29, 2026 Apply by Oct 29, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-29

Job Description

टेन्डर बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०४/१३)

राष्ट्रिय कृषक समूह महासंघ,  नेपाल (National Farmers’ Group Federation-NFGF, Nepal) द्धारा केयर नेपालसँगको साझेदारीमा संचालन भईरहेको जलवायुमैत्री गाउँ नेपाल परियोजना (Climate Smart Village Nepal-CSVN Project) अन्तर्गत  सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.–४, विशाल बजार नजिकमा अवस्थित रहेको अमस्रोत खोलाको  वरीपरि सिमान्त समुदायको बसोवास रहेको जग्गा वर्षेनी कटान भईरहेकोले सो क्षेत्रमा प्रकृतिमा आधारित समाधान गतिविधिहरू संचालन गरी सिमान्त समुदायको बसोवास क्षेत्रको संरक्षण  गर्ने उद्देश्यले संचालन गरीने दलित मुसहर वस्ति अमस्रोत खोला संरक्षण योजना संचालन गरिनेछ । यसै सन्दर्भमा घर जग्गा संरक्षण तथा कटान न्यूनीकरणको लागि आवश्यक पर्ने तपशिल बमोजिमको विभिन्न प्रकृतिमा आधारित समाधान अन्तर्गत निर्माण कार्य र संरक्षण मैत्री गतिविधिहरू संचालन गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक निर्माण सेवा तथा निर्माण व्यवसायीहरू बाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्त बमोजिम यस संगै दिईएको फर्मेट बमोजिम कार्यालय समय भित्र  कार्यलयमा उपस्थित भई वा ईमेल ठेगाना [email protected] मार्फत टेन्डर वोलपत्र पेश गर्नु हुन यो  सूचना प्रकाशन गरिएको छ ।

१. इच्छुक निर्माण सेवा तथा निर्माण व्यवसायीहरुले महासंघको कार्यालयमा उपस्थित  भई वा ईमेल [email protected] मार्फत यसै साथ संलग्न गरिएको बोलपत्र फर्मेटमा दरभाउ तथा शर्तनामाहरु उल्लेख गरी  यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन (मिति २०८३ साल साउन महिनाको १९ गते मंगलबारका दिन भित्र यस महासंघको कार्यालयमा बोलपत्र दरभाउ उल्लेखगरी पेश गर्न सकिनेछ ।

२. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८२/०८३ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक निर्माणकार्यको दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन ।

४. पेश गरिएका बोलपत्रहरु यो सूचना प्रकाशन भएको १० औं दिन ( मिति २०८३ साल साउन महिनाको २२ गते शुक्रबारका दिन ) दिउँसो १:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधिको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिनेछ ।

५.  टेन्डर दर्ता शुल्क रु १,०००। (अक्षरेपि एक हजार रुपैयाँ मात्र) (फिर्ता नहुने गरी) र धरौटी रकम बोलपत्रको आधारमा २ प्रतिशत रकम संस्थाको तपसिलको खातामा जम्मा गरेको बैक भौचर सहित पेश गर्नुपर्नेछ । (कार्यसम्पन्न भएपछि फिर्ता हुने गरी) ।

बैकको नाम: कृषि बिकास बैक, बानेश्वर शाखा

खाताको नाम

National Farmers Group Federation Nepal

खाता नम्बर

0210201600857019

६. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

७. लक्षित समुदायको बस्ति, घर जग्गा संरक्षण तथा कटान न्यूनीकरणको लागि आवश्यक पर्ने प्रकृतिमा आधारित समाधान अन्तर्गत निर्माण कार्य र संरक्षण मैत्री गतिविधिहरुहरूमा स्थानीय समुदायको अनिवार्य सहभागिता एवं सामुदायिक अल्पकालीन रोजगारी श्रृजना साथै अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)

फोन न. ०३३–५६४०७३

ईमेलः [email protected]

https://www.jobsnepal.com/tanadara-blpatara-aahavana-garaeka-sacana-143458

Other Jobs at AMDA Nepal

Loading...

Similar Jobs

Loading...
6 views
Apply on JobsNepal