मौजुदा सूची (Vendor Roster) दर्ता सम्बन्धी सूचना full-time
Kathmandu Posted Jul 29, 2026 Apply by Oct 29, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-29

Job Description

दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा

मौजुदा सूची (Vendor Roster) दर्ता सम्बन्धी सूचना

(आर्थिक वर्ष २०८३/०८४)

प्रथम पटक प्रकाशित मिति: २०८३ साउन १३ गते ( २९ जुलाई २०२६)

दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा वि.सं. २०५० सालमा स्थापित एक मुनाफारहित, गैर–सरकारी तथा स्वयंसेवी सामाजिक संस्था हो। संस्थाले मुख्य रूपमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा समुदायमुखी विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले स्वास्थ्य, खानेपानी तथा सरसफाइ (WASH), शिक्षा, कृषि तथा जीविकोपार्जन, वातावरण तथा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, महिला तथा बालबालिका विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI), सुशासन, शान्ति स्थापना, सुरक्षा तथा न्याय, क्षमता विकास, मानव अधिकार तथा समुदाय सशक्तीकरण लगायतका क्षेत्रमा दीर्घकालदेखि प्रभावकारी रूपमा कार्य गर्दै आएको छ।

आर्थिक वर्ष २०८३/०८४ मा संस्थाबाट सञ्चालन हुने विभिन्न कार्यक्रम तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक वस्तु तथा सेवाहरू समयमै, गुणस्तरीय तथा प्रतिस्पर्धात्मक रूपमा उपलब्ध गराउन इच्छुक, योग्य तथा कानुनी रूपमा दर्ता भएका फर्म, कम्पनी, आपूर्तिकर्ता, सेवा प्रदायक, परामर्शदाता तथा व्यक्तिहरूलाई संस्थाको मौजुदा सूची (Vendor Roster) मा सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ।

सूचीकृत गरिने वस्तु तथा सेवाहरू

१. स्टेशनरी, मसलन्द तथा कार्यालय प्रयोजनका सामग्री

२. छपाइ सेवा (प्रतिवेदन, ब्रोसर, पोस्टर, पम्प्लेट, फ्लेक्स, ब्यानर, स्टिकर, आईडी कार्ड, टी–सर्ट, क्याप, डायरी, क्यालेन्डर, स्मृति–चिन्ह आदि)

३. कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, प्रोजेक्टर, UPS, नेटवर्किङ उपकरण तथा अन्य सूचना प्रविधि सामग्री

४. फर्निचर तथा कार्यालय फर्निसिङ सामग्री (टेबल, कुर्सी, दराज, र्याक, कार्पेट, पर्दा आदि)

५. सवारी साधन भाडा तथा ढुवानी सेवा (कार, जीप, स्कोरपियो, बोलेरो, बस, मिनीबस, हाइस, पिकअप, ट्रक आदि)

६. होटल, आवास, सभा हल, क्याटरिङ तथा कार्यक्रम व्यवस्थापन सेवा

७. हवाई टिकट, यात्रा व्यवस्थापन तथा ट्राभल एजेन्सी सेवा

८. फोटो, भिडियो छायांकन, सम्पादन तथा डकुमेन्टेसन सेवा

९. परामर्श सेवा (अध्ययन, अनुसन्धान, मूल्याङ्कन, सर्वेक्षण, तालिम, सहजिकरण, अनुवाद, लेखन, डिजाइन तथा क्षमता विकास)

१०. लेखापरीक्षण, वित्तीय परामर्श तथा कर सम्बन्धी सेवा

११. बीमा सेवा

१२. विपद् व्यवस्थापन तथा आपतकालीन राहत सामग्री आपूर्ति

१३. कृषि, पशुपालन, जीविकोपार्जन तथा उद्यम विकाससँग सम्बन्धित सामग्री

१४. स्वास्थ्य, पोषण, WASH तथा शिक्षा कार्यक्रमसँग सम्बन्धित सामग्री

१५. कार्यालय मर्मत–सम्भार, सरसफाइ, विद्युतीय तथा प्लम्बिङ सेवा

१६. सीसीटीभी क्यामेरा खरिद, एकपटक जडान (सेटअप) तथा सञ्चालनका लागि सेवाअन्य संस्थागत आवश्यकता अनुसारका वस्तु तथा सेवाहरू

१७. अन्य संस्थागत आवश्यकता अनुसारका वस्तु तथा सेवाहरू

आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

आवेदन पेश गर्ने स्थान

इच्छुक फर्म, कम्पनी तथा सेवा प्रदायकहरूले आवश्यक कागजात सहितको आवेदन सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र संस्थाको कार्यालयमा वा इमेलमार्फत पेश गर्नुपर्नेछ। म्याद नाघी प्राप्त भएका वा अपूर्ण कागजात भएका आवेदनहरू उपर कुनै कारबाही गरिने छैन।

संस्थाले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी आवश्यक योग्यताका आधारमा मौजुदा सूची तयार गर्ने तथा सूचीमा समावेश हुनु मात्र खरिद वा सेवा प्रदान गर्ने सुनिश्चितता नहुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Application Suppliers Registration

Farm's  Supplier's Conflict of Interest Declaration

सम्पर्क ठेगाना

दिब्य विकास स्रोत केन्द्र (DDRC)

वीरगञ्ज महानगरपालिका, पर्सा, नेपाल

फोन

९८४५२५६०६८

इमेल

[email protected]

https://www.jobsnepal.com/majatha-saca-vendor-roster-tharata-samabnathha-sacana-143455

Other Jobs at AMDA Nepal

Loading...

Similar Jobs

Loading...
8 views
Apply on JobsNepal