Quick Overview
- CategoryAccounting & Finance
- LocationKathmandu
- Job TypeSenior Level
- Deadline2026-08-14
Job Description
Experience Required
More than 7 years
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो, जसले नेपालको सातै प्रदेशका ५७ जिल्लामा रहेका १३४ शाखा कार्यालयमार्फत गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी लघुवित्त सेवा प्रवाह गर्दै आएको छ । संस्थाको व्यवस्थापकीय नेतृत्वलाई थप सक्षम प्रभावकारी तथा व्यावसायिक बनाउने उद्देश्यले नायव प्रमुख कार्यकारी अधिकृत (Deputy Chief Executive Officer) पदमा पदपूर्ति गर्नु पर्ने भएकाले देहाय बमोजिम शैक्षिक योग्यता, व्यावसायिक अनुभव, उमेर तथा अन्य आवश्यक मापदण्ड पूरा गरेका इच्छुक तथा योग्य नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन मित्र [email protected] इमेल मार्फत आइपुग्ने गरी दरखास्त आव्हान गरिएकोछ ।
पद
नायव प्रमुख कार्यकारी अधिकत
संख्या
1
श्रेणी
व्यवस्थापकीय श्रेणी
१.आवेदकको शैक्षिक योग्यता / अनुभव / उमेर:
व्यवस्थापन, बैंकिङ्ग, वित्तीय अर्थशास्त्र वाणिज्यशास्त्र तथ्याङ्कशास्त्र, प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तिमा ७ वर्ष कार्यअनुभव भएको
वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय अर्थशास्त्र, वाणिज्यशास्त्र तथ्याङ्कशास्त्र, प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैक तथा वित्तीय संस्थाको अधिकृत वा सो भन्दा माथिको पदमा कम्तिमा १० वर्ष कार्यअनुभव भएको ।
दरखास्त दिने अन्तिम मितिमा ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनुपर्नेछ ।
२. आवेदन साथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरु :
शैक्षिक योग्यता, कार्य अनुभव, सम्पर्क (ईमेल, मोवाईल नम्बर) सहितको आवेदकले दस्तखत गरेको विस्तृत व्यक्तिगत विवरण (Bio Data) |
पासपोर्ट साईजको फोटो १ प्रति ।
आवेदक स्वयम्ले प्रमाणित गरेको नेपाली नगरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र (विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्रको हकमा समकक्षताको प्रमाणपत्र समेत) र कार्य अनुभव पुष्ट्याई गर्ने कागजातको प्रतिलिपी
कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको पत्र र अपराधिक पृष्ठभूमि नभएको पत्र (प्रहरी रिपोर्ट)
व्यावसायिक कार्य योजना |
३. परिश्रमिक तथा सेवाको शर्त सुविधा:परिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू समितीको निर्णय अनुसार हुनेछ ।
४. छनौट प्रक्रिया:संक्षिप्त छनौट (Short Listing). व्यवसायिक कार्ययोजना मुल्याडून, व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता ।
५. अन्य जनाकारी
छनौट (Short listing) सूचीमा परेका उम्मेदवारलाई मात्र व्यावसायिक कार्य योजना पेश र अन्तरवार्ताको लागि बोलाईनेछ ।
कुनै आवेदकले झुट्टा विवरण पेश गरेको ठहर भएमा त्यस्तो आवेदन रद्द गरिनेछ ।
यो सुचना बमोजिम प्राप्त भएका आवेदकलाई छनौट उप समितीले कुनै कारण उल्लेख गरि वा नगरी रद्द गर्न सक्नेछ । नायव प्रमुख कार्यकारी अधिकृत छनौट उपसमिती