वस्तु तथा सेवा प्रदायक संस्थाहरूको सुचिकरण र कोटेशन माग सम्बन्धमा full-time
Kaski Posted Jul 31, 2026 Apply by Oct 31, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationPokhara
  • Job TypeFull Time
  • Deadline2026-10-31

Job Description

Animal Health Training and Consultancy Service (AHTCS) was established in 2000 as a service-oriented, non-profit making non-governmental organization for improving the living standard of marginalized communities through partnership with national and international organization and agencies. It was started by Animal Health Improvement Program (AHIP) of Rural Development Centre (RDC) under the direction of United Mission to Nepal in 1981 to address the myriad of constraints faced by rural livestock raisers. It is registered in District Administration Office Kaski and affiliated with Social Welfare Council. It works for the benefit of its target communities in the areas of animal health, husbandry and equine welfare. It also addresses need-based livestock-mediated program diversification such as livelihood enhancement via agriculture practices.

सुची दर्ता तथा कोटेशन सम्बन्धि सुचना

वस्तु तथा सेवा प्रदायक संस्थाहरूको सुचिकरण र कोटेशन माग सम्बन्धमा

उपरोक्त सम्बन्धमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा एक स्वतन्त्र गैर सरकारी संस्था हो । यस संस्थाले आफ्नो मुख्य कार्यालय पोखरा १३ कास्की, शाखा कार्यालयहरू ललितपुर, भक्तपुर, नेपालगन्ज (कार्यक्षेत्र बाँके र बर्दिया), तुलसीपुर दाँङ, नलगाड जाजरकोट, पुर्नबास कन्चनपुर का लागी आर्थिक वर्ष २०८३/८४ मा आवश्यक पर्ने वस्तु तथा सेवा खरिद सेवा प्रदायकहरूको सुचिकरण गरी कोटेशन आह्वान मार्फत गर्ने भएकोले तपशिल बमोजिमका वस्तु तथा सेवा प्रदायक संघ संस्था र फर्महरू मार्फत संस्था सुचिकरण र कोटेशनको लागी अनुरोध गर्दछौँ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

१. कार्यालय मसलन्द, स्टेशनरीका सामग्रिहरू आपूर्ति

२. कृषि औजार, पशु स्वास्थ्य सम्बन्धि औषधि , बिउबिजन, मल, किटनासक औषधी, सर्जिकल सामाग्रीहरु

३. हार्डवेयर (निर्माण सामग्री, सिमेन्ट, रड, जस्तापाता, तार जाली आदि, रङ्गरोगन, सिचाइ सामाग्रि) आपूर्ति सम्बन्धि कार्य

४. किराना सम्बन्धी सामग्रीहरू (चामल, दाल, नुन, खाने तेल, चिनी, साबुन तथा अन्य सामग्रीहरू)

५. कम्प्युटर, ल्यापटप सिसि टिभी, फोटोकपी, प्रिन्टर, ईन्टरनेट, टेलिफोन सेवा र मर्मम तथा जडान सम्बन्धी आपूर्ति

६. छपाई (कपि, ब्यानर, ब्रोसर, पोष्टर, किताब, टि–सर्ट, ब्याग आदी) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड छपाई, लेखन कार्यहरू

७. पत्रपत्रिका/अनलाईन विज्ञापन, एफ.एम.रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण, कुरियर सेवा, हवाई टिकट (राष्ट्रिय तथा अन्तराष्ट्रिय), सवारी साधन भाडा सम्बन्धि सेवा आदि ।

८. पुर्वाधार निर्माण– भवन निर्माण, शौचालय निर्माण, खानेपानी ओभरहेड ट्याङ्क निर्माण तथा पाइपलाइन बिस्तार, धारा जडान, मर्मत सम्भार सम्बन्धि कार्य ।

९. आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (तालिम, बैठक, सेमिनारहरूका लागि आवासीय समेत)

१०. बाख्रा, बोका प्रदायक फर्म, बाख्राबालनको लागी आवश्यक दाना, चोकर, पराल, बिभिन्न प्रजातिका घाँस रूख तथा फलफूलका बिउ आपूर्ती सम्बन्धी सेवा

११. चार पाङ्गे्र गाडी र मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य ।

१२. इलेक्ट्रोनिक्स उपकरण, विद्युत उपकरण, खरिद मर्मत तथा जडान ।

१३. संस्थाको अन्तिम लेखापरिक्षण गर्ने, सामाजिक लेखापरिक्षण सम्बन्धि सेवा ।

१४. स्वास्थ्य तथा दुर्घटना बिमा, सम्पती तथा सवारी साधन बिमा सम्बन्धि सेवा ।

१५. भिडियो डकुमेन्ट्र, कन्टेन्ट क्रियसन, Website निमार्ण, सुधार सम्बन्धि सेवा ।

आवश्यक कागजातहरू

१. कम्पनीको पान/भ्याट प्रमाणपत्रको प्रतिलिपि

२. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाणपत्र प्रतिलिपि

३. कम्पनी दर्ताको प्रमाणपत्र नबिकरण प्रतिलिपि

४. आँफुले दिन चाहेको वस्तु तथा सेवा सम्बन्धि जानकारी सहित सुचिकरणको लागी निबेदन, कोटेशन (सुचिकरण र मुल्यसुचीको फर्म ) तलको ईमेलमा अनुरोध गरी वा link मार्फत डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

पेश गर्नुपर्ने अन्तिम मितिः– श्रावण २२, २०८३ (अगस्ट ७, २०२६) भित्र यस संस्थाको मुख्य कार्यलयमा आर्बा १३, पोखरा, शाखा कार्यालयहरू वा [email protected] मा ईमेल गरी पठाउन सक्नुहुनेछ ।

थप जानकारीः

१. म्याद नाघि पेश भएको, आवश्यक कागजातहरू पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।

२. संस्थाको लागी दैनिक सेवाका लागी वस्तु तथा सामाग्रीहरूको मुल्यसुची फारम तलको Link मा राखिएको छ, बाँकि वस्तु तथा सेवाको लागी सेवा प्रदायकले आँफुले प्रदान गर्ने वस्तु तथा सेवाको मुल्यसुची तयार गरी पठाउन सकिनेछ त्यसैगरी बाँकि सूचिकृत भएका व्यक्ति, फर्म/संस्था वा कम्पनीहरूसँग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद समेत गरिनेछ ।

३. सूचिकृत भएका फर्म र संस्था, कम्पनी वा व्यक्तिहरूले सन्तोषजनक सेवा तथा सामाग्री आपूर्ति नगरेको खण्डमा विद्युतिय/लिखित जानकारी दिई वा नदिई सूचिबाट हटाउन सकिनेछ ।

आवेदन स्वीकार गर्ने, रद्ध गर्ने, आवश्यक सामाग्री योजनामा थपघट गर्ने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार पशु स्वास्थ्य तालिम तथा परामर्श सेवामा निहित रहनेछ ।

Vendor Listing and Registration Form.docx

खरिद समिति, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा

https://www.jobsnepal.com/vasata-tatha-sava-parathayaka-sasathahanprka-sacakaranae-ra-katashana-maga-samabnathhama-143489

Other Jobs at Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Loading...

Similar Jobs

Loading...
1 views
Apply on JobsNepal