Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-11-04
Job Description
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) केन्द्र, सर्लाही
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/१९ गते (04 August 2026)
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालि “बालसममृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना“ अन्तर्गत कार्यालय प्रयोजनको लागि तल दिएका बिभिन्न किसिमका फर्निचरहरू खरिद गर्नु पर्ने आवश्यकता भएकोले हुनाले यस संस्था राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाहीले (Long Term Agreement) गर्न खोजेको हुनाले योग्य सम्बन्धित ईच्छुक आपुर्तिकर्ताहरू/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।
कोटेशनमा दिएको अनुसार
संस्थामा स्वयंम उपस्थित भई हार्डकपी शिलवन्दी भएको हुनु पर्ने
नोटः माथि उल्लेखित तोकिएको फर्निचरहरूको नमुनाको रूपमा Specification सहितको Catalogue कार्यालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) नविकरण भएको दर्ता प्रमाण पत्र, (२) प्यान वा मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८२/८३ वा आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरिन्छ ।
२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८३/0४/२५ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू माग गर्नका लागि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको Emai ID - [email protected] बाट पनि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराई कोटेशन माग गर्न सकिन्छ । कोटेशन माग गर्दा कुन समाग्रीको लागि माग गरिएको हो त्यो विवरण खुल्लाउनु पर्न हुन्छ ।
६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरू संग संसथाले १ बर्षको लागि खरिद गर्नक सम्झौता गरिने छ र सम्झौता भएको सम्बन्धित आपूर्तिकर्ताहरू संग समाग्री चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।
Document link:- https://drive.google.com/file/d/1uuRGv9guLcgQFCHIFIWyLm7r8-h4PQru/view?usp=sharing
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना :
कार्यालयको सम्पर्क ठेगान
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , लालवन्दि, सर्लाही
सम्पर्क नं.
०४६ –५०१२६१/९८०१९७२१६५
ईमेल
https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-143540