बस्तु/सामग्री आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूलाई आ.ब.२०८३/०८४ का लागि बेस संस्थामा सुचीकृत हुनको लागि आह्वान गरिएको सूचना ! full-time
Dang Posted Aug 5, 2026 Apply by Nov 5, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationDang
  • Job TypeFull Time
  • Deadline2026-11-05

Job Description

बस्तु/सामग्री आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूलाई आ.ब.२०८३/०८४ का लागि बेस संस्थामा सुचीकृत हुनको लागि आह्वान गरिएको सूचना !

प्रकाशित मितिः २०८३/०४/२०

बेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेशन) एक आम सदस्यतामा आधारित गैरसरकारी संस्था हो । यसले लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरू: दाङ, बांके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, सल्यान, पूर्वी रुकुम, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा कार्यरत रहेको छ । जसमा बेस सस्थाले विभिन्न सामाजिक विकासको कार्यक्रम, परियोजना तथा जनवकालत, बालबिबाह, बालयौन दुब्र्यबहार र बालबालिका ओसापसार बिरुद्ध अभियानका कृयाकलापहरू, खानेपानी, स्वास्थ्य तथा पोषण, सरसफाई र स्वच्छता, जिविकोपार्जन, सिचाई, स्थानीय सरकार सवलीकरण, प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, गर्भाबस्थामा मधुमेहको रोकथाम तथा ब्यबस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ ।

यस संस्थालाई यस आर्थिक बर्ष २०८३/०८४ मा एक बर्षको लागि तपसीलमा उल्लेखित बस्तु तथा सेवाहरू योग्य आपुर्तिकर्ताहरूबाट आवश्यकता अनुसार एकैपटक वा पटक पटक गरी योग्यता पुगेका आपुर्तिकर्ता वा सेवाप्रदायक संस्थाहरू मध्ये संग छ महिना वा एक बर्षको लागि सम्झौता गरी बस्तु तथा सेवाहरू खरिद गर्नु पर्ने भएकाले त्यसको लागि योग्य आपुर्तिकर्ताहरूको सूची (Pre-Qualified Vendor Roster) तयार गर्नको लागि सम्बन्धित बस्तु वा सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त, दर्तावाला फर्म, कम्पनी, आपूर्तिकर्ता वा सेवा प्रदायक वा व्यक्ति एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि तल उल्लेखित संस्थाको कानूनी कागजातहरु सहित मिति २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) सम्ममा  कार्यालय समय भित्र (०५:०० बजे सम्म) बेस संस्थाको केन्द्रिय परियोजना कार्यालय, तुलसीपुर दाङमा वा संस्थाको ईमेल ठेगानामा आवेदन पेश गर्न आह्वान गर्दछौं । संस्थाको ईमेल ठेगाना यस प्रकार रहेको छ: [email protected]

बस्तु/सामग्री तथा सेवाहरूको बर्गीकरणः

आबेदनको साथमा संलग्न हुनुपर्ने कानूनी कागजातहरू

१. सूची दर्ताका लागि आबेदन

२. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि । नबिरकण हुने भएमा नविकरण भएको पेजको प्रतिलिपि । आधिकारीक बिक्रेता (Authorized Dealer) भएमा सो प्रमाणपत्रको प्रतिलिपि

३. स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिीप वा मु.अ.कर (VAT)मा दर्ता भएको भए सो प्रमाणपत्रको प्रतिलिपि

४. मु.अ.कर (VAT) मा दर्ता हुन नपर्ने आपूतिकर्ताहरूको हकमा सो सम्बन्धि आधिकारिक कागजातहरूको प्रतिलिपि

५. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

नोटः यो सूचनामा उल्लेख भएका बस्तु तथा सेवाहरू बाहेक थप केहि बस्तु तथा सेवाहरूको कारोबाबर गर्ने भएमा सो बस्तु तथा सेवाहरू समेत संलग्न गरी आबेदन दिन सकिने छ ।

केन्द्रिय खरिद समिति

बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन)

केन्द्रिय परियोजना कार्यालय, तुलसीपुर, दाङ

https://www.jobsnepal.com/bsatasamagara-aaparatakarata-tatha-sava-parathayakahanprlii-aab-ka-lga-bsa-sasathama-sacakata-hanaka-lga-aahavana-garaeka-sacana-143564

Other Jobs at Bagmati Welfare Society Nepal(BWSN)

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal