बोलपत्र आह्वान सम्बन्धी सूचना full-time
Nationwide Posted Aug 7, 2026 Apply by Aug 21, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-21

Job Description

सिन्धुली एकिकृत विकास सेवा (SIDS/Nepal), नेपाल

कमलामाई नगरपालिका–६, धुराबजार, सिन्धुली

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३ साउन  २२ गते शुक्रवार

सिड्स नेपाल सिन्धुली २०५१ सालमा सिन्धुली जिल्लामा स्थापित, समाजका पिछडिएका वर्ग, महिला एकल महिला, दलित, विपन्न वर्ग तथा राज्यका मुल धारमा आउन नसकेका समुदायलाई शिक्षा, स्वास्थ्य, गरिवि निवारण, पोषण प्रवर्धन, शुसाशन तथा सचेतिकरणको माध्यमबाट मुल धारमा ल्याई समग्र देश विकासमा सघाउ पुर्याउने गैह्र नाफामुलक गैह्र सरकारी संस्था हो ।

चाइल्डएड नेटवर्क (Childaid Network) को आर्थीक सहयोगमा सिड्स नेपाल सिन्धुलीद्वारा सन्चालित कोपिला । परियोजना अन्तर्गत प्रारम्भिक कक्षाकोठा  १–३ को बसाई व्यवस्थापनको  लागी हरिहरपुरगढी गाउँपालिका वडा नं १,३,५,६,७ र ८ मा अवस्थित ४० वटा विद्यालयहरुको १२० कक्षाकोठाका लागी आवश्यक फर्निशिङका सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले ईजाजत प्राप्त फर्म/सप्लायर्स बाट शिलबन्दी टेण्डर पेश गर्न आह्वान गरिन्छ ।

१. सूचना प्रकाशन भएको मितिले  १२ (बाह्रौ) दिन, मिति २०८३ भाद्र २ गतेको ५:०० बजे सम्म शिलबन्दी दरभाउ फारम यस संस्थाको केन्द्रिय कार्यालयमा प्रत्यक्ष उपस्थिति भई खरिद गर्न सकिनेछ । शिलबन्दी फारम खरिद बापतको दस्तुर रकम रु १००० (फिर्ता नहुने) फारम खरिद गर्दा नगद बुझाउन पनि सकिनेछ वा संस्थाको प्राइम कमर्सियल बैंक लिमिटेडमा सिड्स नेपाल सिन्धुलीको नाममा रहेको खाता नं.०११०१००००००१०१५००१५० मा पनि जम्मा गर्न सकिनेछ र सोको भौचर शिलबन्दी फारम खरिद गर्न आउँदा अनिवार्य बुझाउनु पर्नेछ ।

२. शिलबन्दी फाराम प्राप्त गर्ने वा पेश गर्ने कार्यका लागि सम्बन्धित कारोवारमा फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी, अद्यावधिक कर चुक्ता भएको कागजातको प्रतिलिपी, भ्याट/प्यान  दर्ता प्रमाण पत्रको प्रतिलिपी तथा नविकरणका कागजात, पछिल्लो दुइ बर्ष सम्म बिभिन्न सार्वजनिक निकायहरुमा कारोबार गरेको प्रमाणपत्र प्रतिलिपीको साथै पेश गर्ने सामाग्रीको स्पेसीफिकेशन अनुसार गुणस्तर दावी गरिएको पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

३. उल्लेखित सामग्रीहरूको लागि सम्बन्धित विद्यालयसम्म पुर्याउँदा लाग्ने खर्च, ढुवानी र फिटिंग खर्च सहित दरभाउ उल्लेख गरिनु पर्नेछ । सामग्रीहरुको विवरण सूची तथा सामग्री पुर्याउनु पर्ने विद्यालयको नाम र ठेगाना शिलबन्दी टेण्डर फाराममा उल्लेख गरिने छ  ।

४. कार्पेट आपूर्ति गर्ने बोलपत्रदाताले सम्बन्धित उत्पादक Manufacture बाट जारी गरिएको Manufacture Authorized letter वा सम्बन्धित ब्रान्ड,उत्पादकको अधिकारिक डिलर भएको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । उक्त प्रमाणपत्र पेश नगर्ने वा प्रमाणित नभएको अवस्थामा सम्बन्धित प्रस्ताव मुल्यान्कन प्रकृयामा समाबेश गरिने छैन ।

५. शिलबन्दी टेण्डर पेश गर्ने फर्म/सप्लायर्सले शिलबन्दी दर भाउ पत्रमा भएका सबै आइटमको मूल्य अंक र अक्षरमा स्पष्ट उल्लेख गरि कार्यालयमा पेश गर्नु पर्ने छ । अंक केरमेट भएमा अक्षरलाई मान्यता दिइने छ ।

६. शिलबन्दी टेण्डर बुझाउने/पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको १५ (पन्ध्रौं) दिन अर्थात मिति २०८३ भाद्र ५ गते दिनको १२:०० बजे सम्म मात्र हुनेछ । शिलबन्दी दर भाउ पत्र बुझाउँदा SIDS Nepal सिन्धुलीको कार्यालय सिन्धुलीमा गई प्रत्यक्ष उपस्थिति भई HARD COPY पेश/दर्ता/बुझाउन पर्ने छ । साथै दरभाउ पत्र बुझाउँदा प्राविधिक तथा वित्तिय प्रस्तावना अलग अलग खाममा हाली शिलबन्दी गरि पेश गर्नु पर्नेछ । यदि प्राविधिक तथा वित्तिय प्रस्तावना एउटै खाममा आएको खण्डमा सो दरभाउ पत्रलाई मान्य गरिने छैन । साथै आफुले पेश गर्ने सामाग्रीहरूको नमुना पनि अनिवार्य पेश गर्नु पर्नेछ ।

७. पेश भएका शिलबन्दी दर भाउ पत्र फारम सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्रौ) दिन अर्थात मिति २०८३ भाद्र ५ गते  दिनको २:०० बजे संस्थाको कार्यालय सिन्धुली क.न.पा.–६, सिन्धुलीमा आवेदकका प्रतिनिधिको उपस्थितिमा खोलिने छ । तर फर्म /सप्लायर्सका प्रतिनिधिहरू उपस्थित नहुँदा पनि शिलबन्दी दर भाउ पत्र खोल्न कुनै बाधा हुनेछैन । साथै, माथि उल्लेखित बुँदाहरूको आधारमा क्रमश पेश भएका शिलबन्दी दर भाउ पत्र फारामहरू खोलिने छ ।

८. शिलबन्दी टेण्डर फारम पेश गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलि पल्ट पेश गर्न र खोल्न सकिने छ ।

९. म्याद नाघि आएका वा रित नपुर्याई पेश भएका  शिलबन्दी दर भाउ पत्र माथि कुनै कारवाही गरिने छैन ।

१०. एक व्यक्ति, फर्म/सप्लायर्सको नाममा एकमात्र शिलबन्दी दर भाउ पत्र पेश गर्न सकिने छ ।

११. BOQ अनुसार शिलबन्दी दरभाउ पत्रमा उल्लिखित सामग्री र कार्य सुचना प्रकाशित भएको मितिले चालु आ.व.का लागि आह्वान गरिएको छ । साथै, आंसिक वा पूर्ण खरीद गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।

१२. शिलबन्दी दर भाउ पत्र पेस गर्ने फर्म/सप्लायर्सले आफुले कबोल गरेको जम्मा रकमको २.५ प्रतिशत रकम BID AMOUNT को रुपमा परियोजनाको खाता सिद्धार्थ बैंक लिमिटेड सिन्धुली शाखामा रहेको खाता नं. 55511379202 र खाता नाम अग्रेजीमाः SIDS NEPAL-KOPILA II मा जम्मा गरी भौचर फारम वा सो रकम बराबरको बैक ग्यारेन्टी (कम्तिमा ३ महिना अवधिको) पत्र सहित पेश गर्नुपर्ने छ । बैंक ग्यारेन्टीलाई बढी प्राथमिकता दिइने छ । यदि फर्म/सप्लायर्सले आफुले कबोल गरेको रकममा छनौट भएपछि बस्तु आपूर्ति गर्न नसक्ने भए BID AMOUNT जफत गरिने छ ।

१३. माथि जुनसुकै कुरा लेखिएको भए तापनि पेश भएका फर्म/सप्लायर्स मध्ये छनौट गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुने छ ।

सम्पर्कका लागि

सिन्धुली एकिकृत विकास सेवा (SIDS/Nepal) नेपाल,सिन्धुली

कमलामाई नगरपालिका–६ धुरा वजार, सिन्धुली

सम्पर्क नं.०४७–५२००३६

इमेल ठेगाना [email protected]

https://www.jobsnepal.com/blpatara-aahavana-samabnathha-sacana-143612

Other Jobs at MADE Nepal

Loading...

Similar Jobs

Loading...
8 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal