शिलबन्दी दरभाउ आह्वानका लागि सूचना full-time
Nationwide Posted Aug 9, 2026 Apply by Aug 13, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-13

Job Description

शिलबन्दी दरभाउ आह्वानका लागि सूचना

पहिलो पटक प्रकाशित गरिएको मिति २०८३/०४/२४

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

रिलिफ नेपाल सिन्धुली र World Vision International Nepal को संयुक्त साझेदारीमा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत ECD का लागि बालमैत्री डेस्क बेन्च र बिद्यालयका लागि डेस्क बेन्च तथा  राउण्ड टेबल खरिद गर्नु परेको हुनाले  रिलिफ नेपालले योग्य सम्भावित आपूर्तिका  लागि सम्बन्धित इच्छुक  इजाजत प्राप्त दर्तावाला आपूर्ति फर्म,कम्पनि एवं संस्थाहरुवाट यस कार्यालयमा कोटेशनको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ साल साउन २८ गते  तदनुसार १३ अगस्त २०२६ भित्र कार्यालय समयमा पेश गर्न आव्हान गर्दछौ । रिलिफ नेपालले प्रस्तावनामा पेश भएको दररेट अनुसार छनोट हुन सफल आपूर्तिकर्ता  संग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक बर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशन उल्लेख भएको परिणाम सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढी सेवा लिन  सकिन्छ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि  .

२. PAN र VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि.

३. VAT मा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि.

४. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि .

५. आवश्यक कोटेशनको फारम कार्यालयमा स्वयं उपस्थिति भई लिन सकिनेछ  वा तलको लिंक मार्फत प्राप्त गर्न सकिनेछ   .

६. आपूर्तिकर्ताले भरेको दरभाउ पत्र समय सिमा भित्र कार्यालयमा स्वयं उपस्थिति भई बुझाउनु पर्नेछ वा जिल्ला बाहिरका Courier मार्फत पठाउन सकिनेछ .

७. समन्धित जिल्ल्लालाई प्राथमिकतामा राखिनेछ .

८. आपूर्तिकर्ताले अनिबार्य रुपमा सुची दर्ता भर्नुको  साथै सप्ल्यार्स आचार संहिंतामा सहि छाप गरेको हुनुपर्छ  .

९. समय अवधि भन्दा पछी प्राप्त कोटेशन आवेदन मान्य हुने छैन  .

नोट: आवश्यक पर्ने  दरभाउ फारम तथा अचार संहिता र आपूर्ति सुची दर्ता  तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

कार्यालयको सम्पर्क ठेगाना

रिलिफ नेपाल

कमलामाई -०६ , सिन्धुली

फोन नं. ०४७५२०९१५,९८०४७४०३७२

इमेल

[email protected]

https://www.jobsnepal.com/shalbnatha-tharabhau-aahavanaka-lga-sacana-143618

Other Jobs at Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal