प्रस्तावना आह्वान सम्बन्धी सूचना full-time
Surkhet Posted Aug 10, 2026 Apply by Aug 16, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSurkhet
  • Job TypeFull Time
  • Deadline2026-08-16

Job Description

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

प्रस्तावना आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/२५

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्थासँगको साझेदारीमा काम गर्दै आईरहेको छ ।

वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र किर्डाक नेपालको साझोदारीमा विगत लामो समय देखी विभिन्न परियोजनाहरू सञ्चालन भइरहेका छन्, उक्त परियोजना अन्तर्गत जुम्ला जिल्लाको तिला गाउँपालिकामा गत बर्षहरूमा सञ्चालन भएका ३९० घण्टे फर्निचर, घर वाइरिङ, कुकिङ र टेलरिङ तालिममा सहभागी व्यक्तिहरूको प्रस्तावित तालिमले उनीहरूको आधारभूत सिपलाई Crash Cource मार्फत निखार्ने छ । उक्त तालिम छोटो आवधिक पाठ्यक्रमको ढाँचामा सञ्चालन गरिनुका साथै CTEVT को तह (LEVEL) २/A–२ स्तरका पाठ्यक्रम तथा सिपहरू समावेश हुनेछन् । योग्य आपुतिकर्ताहरूसँग ७ दिनको समयावधी राखी प्रस्तावना माग गरिएको छ, संलग्न सेवाको विवरण Terms of Reference मा उल्लेख गरियको छ । इच्छुक तथा योग्य सेवा प्रदायकहरूले प्रश्तावना पेश गर्न हुन अनुरोध गरिन्छ ।

१. आवश्यक सिपमुलक तालिमहरू

प्रतावनाको साथ पेश गर्नुपर्ने कागजातहरू

१. किर्डाक नेपालद्वारा प्रदान गरिएको (Suppliers code of conduct, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र)

१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी

३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी  आ.ब (२०८१/०८२) को

४. प्रश्तावना पत्र मा आवश्यक सम्पुण बिवरण भर्नुपर्नेछ । साथै सूचनामा राखिएका सम्पुण फर्म तथा फरम्याटहरू

आवेदन दर्ता गर्ने प्रक्रिया

शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८३/०४/३१ गते (तद्नुसार १६ अगष्ट २०२६) साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेत तथा प्रधान कार्यालय जुम्लामा बुझाउनुपर्ने छ । खरिद गर्ने सेवाको विस्तृत विवरण Terms of Reference यो लिंक https://kirdarc.org/tender/ बाट वा तल उल्लेखित लिंकबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।

Link_2

Financial Proposal Template

Link_4

Child and Adult Safeguarding Policy Nepali

Link_5

Supplier Code of Conduct in Nepali_2022_V0

Link_6

Supplier Registration Form

Link_7

KIRDARC-Self Declaration Latter Sample Format

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१, ५४४८०९३) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४), वा प्रधान कार्यालय जुम्ला (०८७–५२०२०१) मा सम्पर्क गर्न सकिने छ ।

नोटः शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

https://www.jobsnepal.com/parasatavana-aahavana-samabnathha-sacana-143633

Other Jobs at Wildlife Conservation Nepal

Loading...

Similar Jobs

Loading...
8 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal