Quick Overview
- CategoryOther Opportunities
- LocationDang
- Job TypeFull Time
- Deadline2026-09-08
Job Description
Rural Women Development Centre-RWDC- (Gramin Mahila Utthan Kendra) was founded in 1993 in Dang district with a vision to "Create a Self-reliant and empowered society". RWDC has been working for educational rights, women empowerment, reproductive health, income generation, governance, accountability; disasters risk management, climate change resilience, gender equality and human rights for rural backward and marginalized communities with "Zero Tolerance" to gender violence.
दरभाउ पत्र तथा मौजुदा सुचिमा सुचिकृत हुने सम्बन्धी सार्वजनीक सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०४/२५
यस संस्थाबाट आन्तरिक तथा साझेदारीमा संचालित परियोजना तर्फ आ.ब. २०८३/०८४ का लागि आबश्यक देहाय बमोजिमका सामाग्री तथा सेवा आपूर्ति गर्न ईच्छुक फर्म तथा आपूर्तिकर्ताहरूका लागि यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक आबश्यक कागजात तथा दरभाउ पत्र सहित सुचिकृत हुनका लागि आह्वान गरिन्छ ।
आबश्यक सेवा तथा सामग्रीहरू
१. संस्थाको लेखा परिक्षक/सामाजिक परिक्षक ।
२. खाना, खाजा आवास तालिम हल लगायत होटेल सेवा ।
३. मसलन्द, फोटोकपी तथा अन्य खेलकुद, स्टेशनरी सामाग्री ।
४. फ्लेक्स प्रिन्ट, होर्डिङ्ग बोर्ड तथा विभिन्न पेन्टिङ्ग सम्बन्धी कार्य ।
५. पोष्टर, ब्रोसर, बुलेटीन लगायत विभिन्न छपाई सम्बन्धी कार्य ।
६. गाडि भाडा, यातायात तथा ढुवानी सेवा ।
७. कम्प्युटर, प्रिन्टर, क्यामरा, टेलिफोन तथा इन्टरनेट लगायत इलेक्ट्रोनिक, इलेक्ट्रीकल सेवा तथा सामाग्री ।
८. गाडी, बाईक, स्कुटर सर्भिसिङ (मर्मत) सेवा तथा सामाग्री ।
९. विमा सेवा (कर्मचारी दुर्घटना, स्वास्थ्य तथा उपचार, गाडि विमा सेवा र अन्य कृषि तथा पशुपंक्षि विमा) ।
१०. कृषि र पशुपंन्छि उपचार सामाग्री तथा औजारहरू (तरकारी, विउँविजन, माहुरी पालन, च्याउ खेति सामाग्री अन्य कृषि सामाग्रीहरू उत्पादक तथा विक्रि गर्ने फर्म, एग्रोभेट, सप्लायर्स आदि) ।
११. उन्नत जातका फलफुल, घाँस विउँ तथा बेर्ना उत्पादन नर्सरी ।
१२. उन्नत जातका माउँ बाख्रा तथा विउँ बोका र अन्य पालन गर्ने पशुपंक्षि ।
१३. भर्मी तथा अर्गानिक कम्पोष्ट मल उत्पादन एग्रो उपकरण मेसिनर्री र विभिन्न जैविक आबश्यक बस्तु तथा जीव ।
१४. सूचना प्रचार तथा प्रकाशनका लागि रेडियो, पत्रपत्रिकाहरू ।
१५. कृषि उपकरण तथा औजार विक्रि र मर्मत सेवा, सिंचाई सामाग्री र तौल मेसिन र मेसिनका अन्य सामाग्रीहरू ।
१६. दुग्ध उत्पादन, संकलन, प्रशोधन तथा चिस्यानका उपकरण/सामाग्रीहरू ।
१७. तरकारी तथा मसला जन्य विउँ संकलन, उत्पादन तथा विक्रि केन्द्र (बेसार, अदुवा, प्याज, लसुन, सखरखण्ड, राजमा, अन्य गेडागुडी) ।
१८. परार्मश सेवा प्रदायकहरू (क्षमता विकास, कृषि, पशु, ब्यवसाय विकास, बजार, इन्जीनियर, परियोजना ब्यवस्थापन, आर्थिक प्रशासन आदि क्षेत्रका विषय विज्ञ) ।
१९. निमार्ण कम्पनी तथा निर्माण सम्बन्धी आबश्यक सामाग्री प्रदायक (हार्डवयर, सप्लायर्स, ग्रिल उद्योग र अन्य सबै) ।
२०. फर्निचर निर्माण, विक्रि तथा मर्मत सेवा ।
२१. उद्यमी सहकारी संस्थाहरू ।
२२. खानेपानी, किराना, भाडाँ तथा प्लाष्टिक सामाग्री, गार्मेन्ट, डेकोर र मेडिकल आदि ।
सुचिकृत पत्र साथ संलग्न गनुपर्ने कागजातहरू:
१. सुचिकृतका लागि निबेदन ।
२. फर्म दर्ता तथा नविकरण प्रमाण पत्रको प्रतिलिपी ।
३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
४. अध्यावधिक कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
५. गाडी भाडा, यातायात तथा ढुवानी सेवामा गाडीको नविकरण कागजात र चालक अनुमतीपत्र ।
अन्य थप जानकारी
१. रित पुरा नभएको आपूर्तिकर्ता उपर कुनै कारवाही गरिने छैन ।
२. निबेदन छानवीन गरी स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारीका लागि
फोन नं. ०८२–५६०८३७, वेबसाइटः https://rwdc.org.np
https://www.jobsnepal.com/tharabhau-patara-tatha-majatha-sacama-sacakata-hana-samabnathha-saravajanaka-sacana-143627
Other Jobs at Wildlife Conservation Nepal
Similar Jobs
Scan to open on your phone · Download QR