Quick Overview
- CategoryOther Opportunities
- LocationLalitpur
- Job TypeFull Time
- Deadline2026-08-14
Job Description
सूची दर्ता गर्ने सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२५ गते
ग्लोवल कओपरेशन फर डेभलपमेन्ट, ललितपुर संस्थालाई २०८३/२०८४ को लागि तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक-पटक गरी खरिद गर्नुपर्ने भएकोले योग्य संभावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रक्रियामा सम्वन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०५/२९ गते भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौं साथै संस्थाको [email protected] इमेल मार्फत पनि उल्लेखित कागजातहरू पेश गर्न सकिने छ ।
सेवा तथा सामग्री खरिद सम्बन्धि कार्यहरू
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी र आधिकारिक बिक्रेता प्रमाणपत्र ।
२. स्थायी लेखा नम्बर र मु. अ. करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
३. उद्धेश्य खुलेको प्रमाण सहितको कागजातको प्रतिलिपी
४. मु. अ. करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी ।
५. आ.ब. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
६. पछिल्लो २ बर्ष सम्म विभिन्न सार्वजनिक निकायहरूमा कारोबार गरेको प्रमाणको प्रतिलिपी (उपलव्ध भएमा) ।
७. सूचिदर्ता फारम
सूचिदर्ता फारमको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस्।
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केहि सम्वन्धित प्रमाणपत्र भएमा सोको प्रतिलिपी पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सूचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखी इमेल मार्फत पनि उपलब्ध हुने छ ।
पेश भएका कागजातहरू स्विकार गर्ने वा नगर्ने निर्णय यस संस्थामा नीहीत रहनेछ ।
GCD_Company_Supplier_Registration
Global Cooperation for Development, Lalitpur
Submit hard copy at GCD Office, Lalitpur
https://www.jobsnepal.com/saca-tharata-garana-sacana-143621
Other Jobs at Wildlife Conservation Nepal
Similar Jobs
Scan to open on your phone · Download QR