मर्चवारीमाई गाउँपालिका
मेडिकल अधिकृत full-time
Nationwide Posted Aug 13, 2026 Apply by Aug 28, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • Deadline2026-08-28

Job Description

Experience Required

Not Required

मर्चवारीमाई गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

खैरा, रुपन्देही

लुम्बिनी प्रदेश, नेपाल

यस मर्चवारीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुपन्देहीको मिति २०८३/०४/११ गतेको निर्णयानुसार यस गाउँपालिकाअन्तर्गत रहेको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रिक्त रहेको दरबन्दीमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिक उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

पदको नाम

मेडिकल अधिकृत

श्रेणी/तह

आठौँ तह

खुला/समावेशी

खुला

माग संख्या

१ (एक) जना

परीक्षाको किसिम: लिखित परीक्षा तथा अन्तर्वार्ता।

शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट MBBS कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

आवेदन बुझाउने स्थान: मर्चवारीमाई गाउँपालिकाको कार्यालय, खैरा, रुपन्देही।

उमेरको हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षा केन्द्र: मर्चवारीमाई गाउँ कार्यपालिकाको कार्यालय, रुपन्देही।

सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार हुनेछ।

आवेदन (परीक्षा) दस्तुर: रु. १,२००/- (एक हजार दुई सय रुपैयाँ मात्र) आवेदन दस्तुर लाग्नेछ। उक्त दस्तुर मर्चवारीमाई गाउँपालिकाको राजस्व शाखामा दाखिला गरी सक्कल भौचर सहित आवश्यक कागजात संलग्न गरी कार्यालयमा उपस्थित भई निवेदन दर्ता गर्न सकिनेछ।

आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू:

MBBS वा सो सरहको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि।

सम्बन्धित कोर्स मान्यता प्राप्त शिक्षण संस्थाबाट उत्तीर्ण गरेको वा सो सरहको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि।

नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि।

सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणित प्रतिलिपि।

तालिम तथा अनुभवको प्रमाणित प्रतिलिपि।

आवेदनसाथ पेश गरिएका सबै प्रतिलिपिहरूमा उम्मेदवार स्वयंले पछाडिपट्टि आफ्नो दस्तखत गरी प्रमाणित गरेको हुनुपर्नेछ।

अन्य योग्यता तथा शर्तहरू: प्रचलित कानुनबमोजिम अयोग्य नभएको तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको हुनुपर्नेछ।

सम्पर्क मिति: सम्पर्क मितिसम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ।

लिखित परीक्षा तथा अन्तर्वार्ता: लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति सम्पर्क मितिको दिन तोकिनेछ।

द्रष्टव्य: आवेदन गर्दा दुई प्रति पासपोर्ट साइजको रंगीन फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

About Company

Other Jobs at मर्चवारीमाई गाउँपालिका

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob