Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-08-23
Job Description
आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित मितिः २ भदौ , २०८३
सहकर्मी समाजद्वारा आगामी दिनमा जाजरकोट जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि कार्यक्रम संयोजक (Program Coordinator) आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ६ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मितिः ७ भदौ, २०८३
दरखास्त पठाउने इमेल ठेगाना: [email protected] मा पठाउनुहोला ।
इमेल मार्फत आबेदन पठाउन असमर्थ हुनेहरूले निबेदन सहित आवश्यक कागजातको हार्डकपि निम्नानुसार ठेगानामा बुझाउनुपर्ने छ।
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना:
कोहलपुर १०, बाँके सम्पर्क नः ०८१–५४००९९
जाजरकोटका स्थानीय आबेदकका लागि
भेरि नगरपालिक वडा नं ४ गैरिखाली ( नेपाल लिमिटेड बैंक को अगाडी), जाजरकोट , सम्पर्क नं : ९८२८७९७४५९
परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।
https://www.jobsnepal.com/karayakarama-sayajaka-program-coordinator-143743
Other Jobs at Hamro Palo
Similar Jobs
Scan to open on your phone · Download QR