Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeContract
- Deadline2026-08-24
Job Description
जाल्पा एकिकृत विकास समाज (Jalpa Integrated Development Society)
त्रियुगा नगरपालिका ११, उदयपुर
दरभाउपत्र आह्वान सम्बन्धि सुचना ।
(प्रथम प्रकाशित मिति २०८३।०५ ।०२)
जाल्पा एकिकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालबालिकाको समग्र विकासको लागि हातेमालो (SHIELD) परियोजना अन्तर्गत बाल उद्ययन निर्माण गर्नका लागि बिभिन्न सामग्रीहरू आवश्यकता परेको हुँदा इच्छुक फर्म /कम्पनी, सप्लायर्स वा आपुर्तिकर्ताहरूबाट देहायका शर्त तथा बन्देजको पालना गर्ने गरि बोलपत्र पेस गर्न यो सार्वजनिक सूचना आह्वान गर्दछौँ।
आवश्यक सर्त तथा बन्देजहरू
१. शिलबन्दि दरभाउपत्र पेश गर्ने अन्तिम दिन प्रथम प्रकाशित मितिले ७ दिन भित्र दिउँसो ५ बजेसम्म शिलबन्दी तथा ईमेल यस जाल्पा एकिकृत विकास समाजको कार्यालयमा पेश गरिसक्नु पर्नेछ । सो दिन सार्वजनिक विदा परे सो को भोलीपल्ट हुनेछ । म्याद नाघी आएको निवेदन दर्ता हुने छैन ।
२. मान्यता प्राप्त योग्य आपुर्तिकर्ता अथवा निर्माण कम्पनिले दरभाउपत्र बुझाउन सक्नेछन् ।
३. छनौट भएका आपुर्तिकर्ता अथवा निर्माण कम्पनिले निर्देशन बमोजिम सामान तयार गरि निर्माण गर्नुपर्ने स्थान (रौतामाई र ताप्ली) गाँउपालिकाले छनौट गरेको बाल उध्ययन पार्कसम्म सामाग्रिहरुको ढुवानी गर्नुपर्ने छ।
४. सामाग्रिहरूको विस्तृत विवरणको लागि तल दिइएको "Detailed Specifications.pdf" लिंक मार्फत जान सक्नुहुनेछ ।
५. शिलबन्दी कोटेशन खाममा शिलबन्दी अनिवार्य गरेको हुनुपर्ने र पेश गर्दा इच्छुक सप्लायर्स वा सेवा फर्मले स्पष्ट देखिने गरी नाम, ठेगाना, मोबाइल नम्बर सहित पेश गर्नु पर्ने छ, इमेलबाट प्राप्त दरभाउको हकमा "[email protected]" इमेल मार्फत, फाईनान्सियल डकुमेन्ट अनिवार्य रुपमा पासवर्ड प्रोटेक्टेड हुनूपर्ने छ ।
६. इच्छुक आपुर्तिकर्ता तथा निर्माण कम्पनीहरूले १८ अगस्ट २०२६ देखि २४ अगस्ट २०२६ सम्म कोटेशन तथा आवश्यक कागजात पेश गरि सक्नु पर्नेछ ।
७. डकुमेन्ट पेश गर्दा PAN/VAT प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय दर्ता/इजाजतपत्रको प्रतिलिपि तथा पछिल्लो कर चुक्ता प्रमाणपत्रको स्क्यान प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
८. शिलबन्दी कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थाको खरिद समितिमा निहित रहनेछ ।
९. छनौट भएका फर्म तथा सेवा प्रदायकबाट बिल र वस्तु तथा सेवा प्राप्त गरेको ३० दिनभित्र Account Payee Cheque मार्फत सप्लायर्स वा फर्मको नाममा संस्थाले भुक्तानी गरिनेछ ।
१०. शर्तमा उल्लेखित सम्पूर्ण प्रक्रिया र आवश्यक कागजात पुरा नगरी पेश गरिएको शिलबन्दी पत्र स्वतः रद्द हुनेछ ।
For Additional information regarding this invitation contract
Jalpa Integrated Development Society (JIDS), Udayapur
If the above Terms and Conditions are acceptable to you, please submit your competitive proposals
https://www.jobsnepal.com/tharabhaupatara-aahavana-samabnathha-sacana-143733
Other Jobs at Hamro Palo
Similar Jobs
Scan to open on your phone · Download QR