शिलबन्दी कोटेशन आह्वान गरिएको सम्बन्धमा {REQUEST FOR SEALED QUOTATION} full-time
Nationwide Posted Aug 20, 2026 Apply by Aug 24, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-24

Job Description

सिन्धुली एकीकृत विकास सेवा, नेपाल, सिन्धुली

SINDHULI INTEGRATED DEVELOPMENT SERVICE (SIDS), NEPAL SIDNDHULI

शिलबन्दी कोटेशन आह्वान गरिएको सम्बन्धमा {REQUEST FOR SEALED QUOTATION}

कोटेशन आह्वान गरिएको मिती : २०८३/०५/०४ गते

सिन्धुली एकीकृत विकास सेवा (सिड्स नेपाल), सिन्धुली एक गैह्र सरकारी संस्थाको रूपमा विभिन्न क्षेत्रमा सेवा दिदै तथा जनजीवन सँग सम्बन्धीत कार्यक्रमहरू संचालन गर्दै आएको जानकारी गराउँदै यस संस्था अन्तर्गत संचालित परियोजना / कार्यक्रम अन्तर्गत तपशिलको सामान तथा सेवा खरिद गर्नु पर्ने भएको हुँदा तल उल्लेखित सेवा तथा शर्तहरूलाई मध्यनजर गर्दै तल उल्लेखित ठेगानामा कोटेशनको लागि आवश्यक सम्पूर्ण कागजात संलग्न गरि आजको मितीले ५ दिन भित्र शिलबन्दी कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

सेवा तथा शर्तहरू

१. कोटेशन पेश गर्ने अवधी २०८३ भाद्र ०४ देखि २०८३ भाद्र ०८ गते (२० अगष्ट २०२६ देखि २४ अगष्ट २०२६) सम्म कार्यालय समय सम्म मात्र हुनेछ । यदि कोटेशन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो को भोलिपल्ट दिन को १२ : ०० बजे भित्रमा कोटेशन बुझाउन सकिनेछ ।

२. कोटेशन कागजातको सक्कल प्रति पेश गर्नु पर्नेछ, इमेल मार्फत प्राप्त भएको र समय अवधी भित्र पेश नभएको कोटेशन मान्य हुने छैन ।

३. कोटेशनमामा उल्लेख भएको मूल्यमा VAT/TAX समावेश भएको हुनु पर्नेछ । अरु कुनै TAX भएको कैफियतमा उल्लेख गर्नुहोला ।

४. विल तथा सेवा प्राप्त गरेका ३० दिन भित्रमा A/C Payee चेक मार्फत सप्लायर्सको फर्मको नाममा भुक्तानी गरिनेछ । यदि तपाई केही भुक्तानी शर्तहरू भएमा उल्लेख गर्नुहोला ।

५. कोटेशन शिलबन्दी खाममा हुनु पर्ने र खामको बाहिर नाम, ठेगाना तथा सम्पर्क नम्बर स्पष्ट देखिने अक्षरमा लेखिएको हुनु पर्नेछ । साथै कोटेशन पेश गर्दा सप्लायर्सले स्पष्ट देखिने गरि नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नु पर्नेछ ।

६. कुनै कारणवश स्वीकार गरेको समयमा सामाग्री वा सेवाहरू उपलब्ध नभएमा २ प्रतिशत जरिवाना साप्ताहिक रूपमा लाग्नेछ ।

७. कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थामा निहित हुनेछ ।

८. कोटेशन बुझाउँदा कम्पनी भएमा PAN/VAT Registration Certificate, करचुक्ता, कम्पनी दर्ताको प्रतिलिपी पनि बुझाउनु पर्नेछ ।

९. कोटेशनमा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ । सो को आधारमा छनौट भएको आपूर्तीकर्ता सँग १ बर्ष सम्मको लागि सम्झौता गरिनेछ ।

शर्तमा उल्लेखित सम्पूर्ण प्रक्रिया र आवश्यक कागजात पुरा नगरी पेश गरिएको कोटेशन स्वतः रद्ध हुनेछ ।

सूची दर्ता फारम तथा कोटेशन सम्बन्धी सम्पूर्ण कागजात तलको लिंक बाट प्राप्त गर्न सकिनेछ साथै संस्थाको कार्यालय कमलामाई ६ धुराबजारबाट खरिद तथा प्रशासन सहायक सँग सम्पर्क राखी वा संस्थाको इमेल [email protected] मा पनि माग गर्न सकिनेछ।

https://drive.google.com/drive/folders/1MUNA0gAYPGIici1JrvrTjnjNzY2da8-9?usp=sharing

थप जानकारीको लागि सम्पर्क ठेगानाः

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

कमलामाई नगरपालिका–६, धुराबजार, सिन्धुली

सम्पर्क फोन नं. ०४७–५२०००३६, ९८५२०७३२४१

https://www.jobsnepal.com/shalbnatha-katashana-aahavana-garaeka-samabnathhama-request-for-sealed-quotation-143762

Other Jobs at Reaek

Loading...

Similar Jobs

Loading...
6 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal