निर्माण सामग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना full-time
Nationwide Posted Aug 20, 2026 Apply by Sep 2, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-02

Job Description

निर्माण सामग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेभर्स इन्टरनेसनल नेपालसँगको साझेदारीमा पीसविन नेपालमार्फत बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा बालबालिकाहरूको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार परियोजना (WASH in School Project, Bajura) सञ्चालन भइरहेको छ। यस परियोजनाअन्तर्गत कार्यक्षेत्रभित्रका ३ वटा सामुदायिक विद्यालयहरूमा लैङ्गिकमैत्री, अपाङ्गतामैत्री तथा महिनावारीमैत्री शौचालय निर्माण तथा खानेपानी धारा निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक कम्पनी/फर्म तथा सप्लायर्सहरूबाट TOR मा उल्लिखित नियम, सर्त तथा मापदण्डको अधीनमा रही अनुसूची–१ बमोजिमका निर्माण सामग्रीहरू आपूर्ति गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ।

सिलबन्दी दरभाउपत्र बुझाउने प्रक्रिया

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ भदौ १७ गते (तदनुसार २ सेप्टेम्बर २०२६) साँझ ५:०० बजेसम्म, इमेल ठेगाना [email protected] वा बडीमालिका नगरपालिका-९, मार्तडी, बाजुरास्थित पीसविन नेपाल कार्यालयमा बुझाउन सकिनेछ। इमेलमार्फत सिलबन्दी दरभाउपत्र पेश गर्दा दरभाउपत्रको अनुसूची अनिवार्य रूपमा पासवर्ड प्रोटेक्टेड (Password Protected) गरी पठाउनुपर्नेछ। बोलपत्रदाताले कुल बोलपत्र रकम (VAT सहित) को २.५% बराबरको बोलपत्र धरौटी बोलपत्र कागजातसँगै Original बैंक ग्यारेन्टी (Bank Guarantee) का रूपमा पेश गर्नुपर्नेछ । सम्झौता प्रदान भएपछि छनोट भएको बोलपत्रदाताले कुल सम्झौता रकम (VAT सहित) को थप २.५% बराबरको कार्यसम्पादन बैंक ग्यारेन्टी (Performance Bank Guarantee) पेश गर्नुपर्नेछ।

नोट: सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनोट गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण अधिकार परियोजनाको संयुक्त खरिद समितिमा निहित रहनेछ। TOR तथा सम्बन्धित अनुसूचीहरू (Annexes) तल समावेश गरिएको छ । साथै PeaceWin Nepal को आधिकारिक वेबसाइट https://www.peacewin.org.np/ बाट पनि प्राप्त गर्न सकिनेछ ।

https://www.jobsnepal.com/naramanae-samagara-kharathaka-lga-salbnatha-tharabhaupatara-aahavanaka-sacana-143758

Other Jobs at Reaek

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal