देवचुली नगरपालिका
युवा तथा खेलकुद विकास समितिको सदस्य सचिव full-time
Nationwide Posted Aug 21, 2026 Apply by Sep 2, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-09-02

Job Description

Experience Required

Not Required

देवचुली नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्तापूर्व)

प्रथम पटक प्रकाशित मिति

२०८३/०५/०३

देवचुली नगरपालिकामा नगरपालिका युवा तथा खेलकुद विकास ऐन, २०८० बमोजिम युवा तथा खेलकुद विकास समितिको सदस्य सचिव पदमा करार सेवाबाट कर्मचारी नियुक्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयको कर्मचारी प्रशासन शाखामा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ l

१. विज्ञापन नम्बर तथा पदसम्बन्धी विवरण

विज्ञापन नं

०१–०८३/०८४

पद: युवा तथा खेलकुद विकास समितिको सदस्य सचिव

तह

सहायक चौथो तह सरह

माग संख्या

१ (एक)

आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

२. दरखास्त दिने अन्तिम मिति: मिति २०८३/०५/१७ गते कार्यालय समयभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ।

३. उमेरसम्बन्धी योग्यता: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

४. आवेदन शुल्क: आवेदन शुल्क रु. ५००।– (अक्षरेपी पाँच सय रुपैयाँ मात्र) बुझाई सोको सक्कल भौचर दरखास्त फारामका साथ पेश गर्नुपर्नेछ।

५. छनोटको किसिम

उम्मेदवारको छनोट देहायबमोजिम हुनेछः

लिखित परीक्षा

कम्प्युटर सीप परीक्षण

अन्तर्वार्ता

६. परीक्षा मिति: परीक्षा सञ्चालन हुने मिति पछि प्रकाशन गरिनेछ।

७. सेवा सुविधा: सेवा सुविधा करार सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ।

८. प्राथमिकतासम्बन्धी व्यवस्था: राष्ट्रियस्तरका खेलाडी, रेफ्री, प्रशिक्षक, व्यवस्थापक वा सम्बन्धित क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

९. दरखास्त फारामका साथ संलग्न गर्नुपर्ने कागजातहरू:

आवेदक स्वयंले प्रमाणित गरेका देहायबमोजिमका कागजातहरूको प्रतिलिपि दरखास्त फारामका साथ संलग्न गर्नुपर्नेछः

नेपाली नागरिकताको प्रमाणपत्र।

शैक्षिक योग्यताको प्रमाणपत्र।

चारित्रिक प्रमाणपत्र।

पासपोर्ट साइजको २ प्रति फोटो।

अनुभव भए सोको प्रमाणित कागजात।

दलित, अतिविपन्न तथा सीमान्तकृत वर्गमा पर्ने भए सो खुल्ने प्रमाणित कागजात।

About Company

Other Jobs at देवचुली नगरपालिका

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob