सिलवन्दी बोलपत्र आह्वानको सूचना full-time
Nationwide Posted Aug 21, 2026 Apply by Sep 1, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-01

Job Description

सहकारी व्यवसायका लागी तोरी पेल्ने मेसीन खरिद तथा फोटोकपि मेसीन  – खरिद सम्बन्धी

सिलवन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः– २०८३/०४/०५

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा पद्धति विकास सेवा केन्द्र गोरखा (SDSC) ले बिगत ९ वर्ष देखी आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र गोरखा नगरपालिका वडा नं. ४ फिनामको समन्वयमा एकिकृत सामुदायिक विकास परियोजना कार्यन्वयन गर्दै आईरहेको छ । यसै परियोजनाको सहकारी व्यवसाय संचालनको लागी  तोरी पेल्ने तथा फोटोकपि मेसीन खरीद अन्तर्गत तोरी पेल्ने तथा फोटोकपि मेसीन खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical Specification /Bidding Form मा उल्लेखित विस्तृतिकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानिय वा राष्ट्रिय  कम्पनी /फर्म/आपुर्तिकर्ताहरू बाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

सिलबन्दी बोलपत्र पेश गर्ने प्रक्रिया :

ईच्छुक स्थानिय वा राष्ट्रिय  कम्पनी/फर्म/आपुर्तिकर्ताहरूले आफूले सेवा दिन चाहेको सामग्रीहरूको बोलपत्र सिलबन्दी गरी खामको बाहिर “सहकारी व्यवसायका लागी तोरी पेल्ने मेसीन तथा फोटोकपि मेसीन खरीद” लेखी मिति २०८३ भदौ १६ गते (01 September 2026) साझ ५:०० बजे भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यलय खुलेको पहिलो दिन) पद्धति विकास सेवा केन्द्र गोरखा (SDSC) नयाँबसपार्क, गोरखा नगरपालिका–७, गोरखा वा गुड नेवर्स इन्टरनेशनल नेपाल, लगनखेल, ललितपुर मा पेश गर्न सकिनेछ । बोलपत्रको आवेदन फारम Technical Specification र TOR इमेल [email protected], 064-421434 (SDSC) बाट प्रप्त गर्न सकिनेछ वा तल दिइएको लिङ्क बाट डाउनलोड गर्न सकिनेछ ।

Link - 1: सहकारी व्यवसाय संचालनको लागी  तोरी पेल्ने तथा फोटोकपि मेसीन खरीद TOR and Bidding form

१. बोलपत्र पेश गर्दा सामग्रीको फोटो तथा व्रुसर पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

२. सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै खरिद समितिमा निहित रहनेछ ।

https://www.jobsnepal.com/salvanatha-blpatara-aahavanaka-sacana-143793

Other Jobs at CIMMYT International

Loading...

Similar Jobs

Loading...
3 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal