सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना full-time
Nationwide Posted Aug 21, 2026 Apply by Aug 27, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-08-27

Job Description

प्रकाशित मिति

२०८३ भदौ ५ गते

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

साझेदारी सहयोग केन्द्र (PACE-NEPAL), जुम्ला तथा सशक्त बालिका सुरक्षित समुदाय कार्यक्रम अन्तर्गत जुम्ला जिल्लाका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका मा Market Assessment (बजार मूल्याङ्कन) गर्नुपर्ने भएकाले योग्य तथा इच्छुक फर्म, कम्पनी, संस्था वा व्यक्तिहरूबाट सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिएको छ।

अतः योग्य तथा इच्छुक फर्म, कम्पनी, संस्था वा व्यक्तिहरूले प्रत्यक्ष रूपमा डाक, कुरियर मार्फत प्राप्त हुने गरी आफ्नो दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।

दरभाउपत्रदाताले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) कार्यालय समयभित्र, बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म, निम्न कागजातसहितको सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ।

आवश्यक कागजातहरू

१. कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।

२. स्थायी लेखा नम्बर (PAN/VAT) प्रमाणपत्रको प्रतिलिपि।

३. आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

४. TOR अनुसारको प्राविधिक तथा वित्तीय प्रस्ताव।

५. सम्बन्धित कार्यसम्पादनको पूर्व अनुभवसम्बन्धी प्रमाणपत्रको प्रतिलिपि।

६. व्यक्तिको विवरण (CV) तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।

दरभाउपत्र प्राप्त गर्ने अन्तिम मिति तथा समय:

२०८३ भदौ ११ गते, बेलुका ५:०० बजेसम्म (कार्यालय समयभित्र)।

नोट: विस्तृत विवरणका लागि संलग्न Terms of Reference (TOR) हेर्नुहोस्।

सबै प्राप्त प्रस्तावहरू मूल्याङ्कन समितिको निर्णयअनुसार मूल्याङ्कन गरिनेछ। प्राविधिक रूपमा योग्य तथा स्वीकृत प्रस्तावदातामध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने प्रस्तावदातालाई प्राथमिकता दिइनेछ।

साझेदारी सहयोग केन्द्र (PACE-NEPAL)

चन्दननाथ नगरपालिका–६, जुम्ला

इमेल

[email protected]

फोन

०८७५२०२४१

वेबसाइट

www.pacenepal.world

यो सूचना सबै सरोकारवालाहरूको जानकारी तथा सहभागिताका लागि प्रकाशित गरिएको छ।

खरिद तथा मूल्याङ्कन समिति

https://www.jobsnepal.com/salbnatha-tharabhaupatara-aahavana-samabnathha-sacana-143790

Other Jobs at CIMMYT International

Loading...

Similar Jobs

Loading...
3 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal