Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-08-26
Job Description
मोटरसाइकल र पक्की टनेल (पोली हाउस) निर्माण सामग्री र मोबाइल लाइर्ब्रेरी झोला खरिद सम्बन्धी सूचना !!
पहिलो पटक प्रकाशित मिति २०८३ भदौ महिनाको ४ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न निम्नानुसारका विषयगत क्षेत्रहरू (क) असमानता विरुद्ध वकालत, ख) उत्थानशील जीविकोपार्जन, ग) सुरक्षा र जीवन रक्षा, घ) खानेपानी तथा पोषण, ङ) जीवनोपयोगी तथा समावेशी शिक्षा र च) बाल समृद्धि) मा परियोजना तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गर्दै आइरहेको छ।
यस संस्थाको खरिद समितिको मिति २०८३ साल साउन २५ गतेको निर्णय अनुसार यस संस्थाको सहयात्रा तेस्रो परीयोजनको लागि अवश्यक मोटरसाइकल र पक्की टनेल (पोली हाउस) , निर्माण र लाइर्ब्रेरी बुक कर्नर ब्याग लगाएतका आवश्यक तपशिल बमोजिमका सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले तपशिल अनुसार सामग्रीहरू अपुर्तिका लागि इच्छुक सप्लायर्सबाट सूचना प्रकाशन भएको मितिले ७ दिन (२०८३ भदौ ०४ गते देखी भदौ १० गते बेलुकी ५ बजे भित्र) संस्थामा आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि संस्थाको इमेल [email protected] मा password राखी वा संस्थाबाट उपलब्ध फारमहरू भरि स्वयम् उपस्थित भइ वा प्रतिनिधी उपस्थितभई पेश गर्न लागी यो सूचना प्रकाशन गरिएको छ ।
आवश्यक सामाग्री
१. मोटरसाइकल, २. पक्कि टनेल (पोली हाउस), निर्माण ३. मोबाइल लाइबेरी झोला (Book Corner Bag)
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. फर्म दार्ता नविकरणको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रतिलिपी
३. आ.ब. २०८१/८२ वा २०८२/८३ को करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. खाममा शिलबन्दी सहित तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ ।
२. दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
३. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
४. केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन र कम्पनी तथा ब्रान्डको नाम अनिबार्य उल्लेख गर्नु पर्नेछ
५. अन्य यस संस्थाको खरिद नियमावली अनुसार हुनेछ ।
६. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको फिल्ड परियोजना कार्यालय जम्बुकाँध दैलेख
७. दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल भदौ १० गते बेलुकी ५ बजे सम्म पेश गरि सक्नु पर्नेछ, दरभाउपत्र मिति २०८३ भदौ १२ गते विहान ११:३० बजे खोलिने छ ।
८. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।
खरिद समिति, सोसेक, नेपाल
https://www.jobsnepal.com/matarasaikal-ra-pakaka-tanal-pal-hausa-naramanae-samagara-ra-mabil-lirabrara-jhal-kharatha-samabnathha-sacana-143789
Other Jobs at CIMMYT International
Similar Jobs
Scan to open on your phone · Download QR