बालसमृदधि र एकीकृत विकासका लागि हातेमालो (IPF/SHIELD) परियोजना आ.व २०२५/०२६ समापन सम्बन्धमा । full-time
Nationwide Posted Aug 24, 2026 Apply by Sep 13, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-13

Job Description

सूचना  सूचना  सूचना ! ! !

वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र (RRPK) को सहकार्यमा सञ्चालित बालसमृदधि र एकीकृत विकासका लागि हातेमालो (IPF/SHIELD) परियोजना आ.व २०२५/०२६ समापन सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मितिः २०८३/५/८ गते

राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द (RRPK), सर्लाही जिल्लामा दर्ता भई विगत २२ वर्ष देखि संचालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँगको समन्वय सहकार्यमा वालवालिका तथा महिला संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, विपद व्यवस्थापन,जलवायू परिवर्तन, प्राकृतिक स्रोत साधन व्यवस्थापन, सुशासन, सामाजिक परिचालन, लघु उद्यम विकास जस्ता कार्यहरुमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले संचालन गर्दै आएको परियोजनाहरु मध्ये वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र (RRPK) को सहकार्यमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सञ्चालित बालसमृदधि र एकीकृत विकासका लागि हातेमालो  (IPF/SHIELD) परियोजना कार्यान्वयन गरि संचालन गरिरहेको गरेको छ । यस आ.व २०२५/०२६ मा  यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाउँपालिका, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरु, नगरपालिका, गाउँपालिका,सुरक्षा निकाय, संचार माध्यमहरु, व्यवसायीहरु,बालबालिकाहरु, अभिभावकहरु साथै अन्य साझेदार निकायहरुको सक्रिय सहभागिता तथा सहयोगका निम्ति राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द (RRPK) आभारी छ ।

यस परियोजनाले यस आ.व ०२५/०२६ मा सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरु ३० सेप्टेम्वर २०२६ तदनुसार २०८३, असोज १४ सम्ममा समापन भई आगामी (आ.व २०२६/०२७) १ अक्टोवर २०२६ तदनुसार २०८३, असोज १५ गते   बाट शुरु हुने जानकारी गराउन चाहान्छौ । साथै यस परियोजना मार्फत संचालन र सम्पन्न भएका गतिविधिहरुको प्रतिवेदन आउदो असोज मसान्तभित्र सम्बन्धित निकायहरुमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौ भन्ने कुरा यसै सुचना मार्फत जानकारी गराउन चाहान्छौ ।

साथै, यसै सुचना मार्फत परियोजनासँग सम्बन्धित यसवर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भई भुक्तानी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तानी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट २१ दिन भित्र वा (२८ भाद्र २०८३) तद अनुसार १३ सेप्टेम्बर २०२६( आईतवार) सम्म दाबी गर्न आउन अनुरोध गर्दछौ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरु जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौ ।

थप जाकारीका लागिः

राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द (RRPK) ,लालबन्दी,सर्लाही

फोन नंः९८०१९७२१६५

ईमेलः [email protected]

टोल फ्रि नं. १६६००१०००१४

https://www.jobsnepal.com/blsamathathha-ra-ekakata-vakasaka-lga-hatamal-ipfshield-parayajana-aava-samapana-samabnathhama-143820

Other Jobs at Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Loading...

Similar Jobs

Loading...
21 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal