सुचिकृत (Vendor Enlistment) हुने सम्बन्धि १० दिने सार्वजनिक सूचना full-time
Nationwide Posted Aug 24, 2026 Apply by Sep 2, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-02

Job Description

सुचना!                       सुचना!!                    सुचना !!!

अपाङ्ग स्वावलम्वन संस्था जाजरकोट

सुचिकृत (Vendor Enlistment) हुने सम्बन्धि १० दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति

२०८३।०५।०८

अपाङ्ग स्वावलम्वन संस्था जाजरकोट २०७५ सालमा स्थापना भएको गैर-सरकारी संस्था हो । अपाङ्गता भएका व्यक्तिहरू द्वारा संगठीत भई अपाङ्गता अधिकार, पैरवी तथा सम्मानित जिवनका लागी वकालत गर्ने मूल उद्देश्यका साथ जाजरकोट जिल्लामा दर्ता भई अपाङ्गता अधिकार प्रवर्द्वन, अपांगता समावेशीकरण र सशक्तिकरण गर्न  अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित OPD (Organization of Persons with Disabilities) संस्था हो । यस अपाङ्ग स्वावलम्वन संस्था जाजरकोट लाई चालु आ.ब. २०८३/०८४ मा सञ्चालन हुने विभिन्न कार्यक्रम तथा परियोजनाहरूका लागि आवश्यक पर्ने  बस्तु तथा सेवा,  निमार्ण कार्य, परामर्श सेवा तथा अन्य सेवाहरू खरीद गर्न पर्ने भएकोले  इच्छुक योग्य व्यक्ति, फर्म, उद्योग, आपूर्तिकर्ता, सेवा प्रदायक, परामर्शदाता तथा निर्माण व्यवसायीहरू आफुले आपूर्ति  र  प्रवाह गर्ने वस्तु तथा सेवाहरूको स्पष्ट प्रकृति/विवरण सहित निवेदन संलग्न गरी संस्थाको सूचिकृत (Vendor List) मा दर्ता हुन यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित गरिएको मितिले दश दिन मिति २०८३।०५।१७ गते तदानुसार ०२ सेप्टेम्वर, २०२६ भित्रमा सुचिकृत हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

१. अपाङ्गता भएका व्यतिहरूका लागि कार्य गर्ने कानुनी तथा अन्य परामर्स सम्बन्धि /परामर्शदाता, कन्सलटेन्सी, प्रशिक्षक, इन्जिनियरिङ्ग, अनुवादकर्ता, लेखा परीक्षण, Psychosocial counseling, Clinical psychiatry, and General Physician services, स्टोरी तथा भिडियो डकुमेन्ट्री कार्य र अनुसन्धानकर्ता, भोकेसनल तथा क्षमता विकास तालिम सम्बन्धी कार्यहरू ।

२. विमा सेवा (कर्मचारी दुर्घटना, Group accident,  स्वास्थ्य तथा उपचार, गाडि विमा सेवा र अन्य कृषि तथा पशुपंक्षि विमा) ।

३. लेखा परीक्षण सम्बन्धी कार्यहरू( अन्तरीक,बाह्य, संस्थागत/सामाजिक/ पहुँचयुक्त पुर्वाधार अन्य । (related to both Development and Humanitarian Organization)

४. भाडामा सवारी साधन सेवा, यातायात, ढुवानी सेवा ( सवारी साधन -बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो) भाडामा लिने (व्यक्ति तथा फर्म) सम्बन्धि कार्य गाडि भाडा .  र हवार्इ यातायात, Tours ,Travel & Ticketing (International & Domestic ticketing Service)

५. गाडी, बाईक, स्कुटर सर्भिसिङ (मर्मत) सेवा/सामाग्री  तथा कम्प्युटर, ल्यापटप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार सम्बन्धी सम्पूर्ण कार्य ।

६. कार्यालय मसलन्द/स्टेशनरी तथा खेलकुद सामाग्री, समावेशी शिक्षण सिकाइ सामग्री आपूर्ति सम्बन्धी कार्य ।

७. पत्रिकामा विज्ञापन,  सूचना तथा सन्देश प्रसारण गर्ने , कुरियर सेवा ,एफ.एम.रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने, छपाई तथा प्रकाशनसँग सम्बन्धि कार्य ।

८. अनलाइन र अन्य विविधबाट छपाई सम्बन्धि, फ्लेक्स प्रिन्ट, होर्डिङ्ग बोर्ड, ब्रोसर, बुलेटीन, Diary, Reports, Poster, IEC material, Logo/Sticker,  cloth prints, Canvas लगायत विभिन्न छपाई/लेखन सम्बन्धी कार्य ।

९. कार्यालय फर्निचर (स्टील तथा काठको दराज, टेबल, कुर्सि, र्याक  आदी) र कार्यालय फिक्चर्स ( कार्पेट, कुसन, पर्दा कपडा आदी  काठ, फलाम, एल्युमिनियम सामाग्रीहरू सम्बन्धि आपूर्ति गर्ने कार्य

१०.तालिम,बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना,अवास सहितको तालिम कक्ष भएको होटलहरू र होटल सम्बन्धि सेवाहरु, समुदायमा खाना खाजा खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू तथा चमेना गृहहरु  ।

११. उद्यमशीलता तथा सीपमुलक तालिम सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायकहरू ।

१३. विपद् जोखिम न्यूनीकरण DRR सम्बन्धी आपतकालीन तथा राहत सामाग्री आपूर्ति गर्ने कार्य ।

१४. किराना तथा  भाडा वर्तन लगायत ,Toiletries and cleaning materials: Harpic, Toilet Paper, Paper Towel, Napkin, Room freshener, Soap, Cleaning liquid, Detergent Powder र Kitchen materials: Tea Bag, Coffee, Sugar, Milk Powder अन्य सामाग्रीहरू आपूर्ति गर्ने कार्य ।

१५. ईमेल, इन्टरनेट, क्लाउड स्पेश, नेटवर्किङ्ग सेवा, भुक्तानी प्रदायक सेवा सम्बन्धी कार्यहरू  ।

१६. खाद्यान्न पदार्थ (चामल, दाल, तेल, नुन, चिउरा, चिनी आदी ) लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू

१७. अपाङ्गता भएका व्यतिहरूका लागि सहायक सामाग्रीहरू, प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू, आपुर्ति गर्ने आपुर्तिकर्ताहरू

१८. पहुँचयुक्त (अपाङ्गता भएका व्यतिहरू विशेष) पूर्वधार सम्बन्धी निमार्ण कम्पनी तथा आबश्यक सामाग्री प्रदायक (हार्डवयर, सप्लायर्स, ग्रिल उद्योग र अन्य सबै) । निर्माणकर्ताहरू जस्तै: पहुँचयुक्त भवन निर्माण, पहुँचयुक्त शौचालय निर्माण, पहुँचयुक्त खाने पानी तथा पहुँचयुक्त बाटो निर्माण सम्बन्धि कार्य गर्ने आपुर्तिकर्ताहरू

१९. कार्यालय ईलट्रिकल तथा ईलेक्ट्रोनिक्स जस्तै: Toner and cartridge, Laptop, Batteries, Charger, Headphones, Printer, Pen drives, Hard Drives, Telephone sets and other office equipment’s सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत संभार l

२०. ICT Services such as Network Infrastructure, Internet, Cloud computing, Data Centers, IT Support, Telecommunications, Data Management, Web Development and Design, IT Consultancy, Email/Web Hosting & IT Support

निवेदन साथ पेश गनुपर्ने कागजातहरू

विशेष शर्तहरू

जाजरकोट सवै पालिका , रूकुम पश्चिम, सुर्खेत, बाँके लगायत अन्य जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिईने छ ।

निवेदन पेश गर्ने प्रक्रिया

१.मौजुदा सुचिमा सुचिकृत गर्न ईमेल वा हार्डकपी अपाङ्ग स्वावलम्वन संस्था जाजरकोट भेरी नगरपालिका ०३ ,ठाँटी कार्यालयमा बुझाउनु पर्नेछ ।

२. इमेल

[email protected]

LINK

Vendor Listing Form_ASSJ.pdf

https://www.jobsnepal.com/sacakata-vendor-enlistment-hana-samabnathha-thana-saravajanaka-sacana-143819

Other Jobs at Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal