Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-09-08
Job Description
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपाल
केन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्ला
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मितिः २०८३ भाद्र ९)
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “कालीकोटका बालबालिकाका लागि आधारभूत शिक्षामा समान पहुँच सुनिश्चित गर्न सिकाई वातावरण (सुधार) परियोजना” अन्तर्गत कालीकोट जिल्लाको सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकाका ३ वटा विद्यालयहरुमा २ कोठे १ तले विद्यालय भवन, अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा तथा शौचालय मर्मत संम्हारका लागि यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरु
१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी
२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी
३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) रकमको २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter-Original Copy) संलग्न गर्नु पर्नेछ ।
६. प्रस्ताव आह्वानको फारम, शर्तहरु (Terms of Reference, Drawing) तथा BOQ, संस्थाको Website वा तथा तल दिईएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल भाद्र २३ गते कार्यालय समय (बेलुका ५ वजे भित्र) रहेको तथा उक्त बोलपत्र मिति २०८३ साल भाद्र २६ गते दिनको ३ः०० वजे खोलिने छ ।
८. भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।
वोलपत्रको विस्तृत फाराम Drawing, Terms of Reference & BOQ: www.kirdarc.org or www.jobsnepal.com बाट Download गर्न सकिने छ । वा संस्थाको जिल्ला कार्यालय मान्मा, कालीकोट, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर वाट पाउन सकिने छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।
वोलपत्र पेश गर्ने ठेगाना
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल, जिल्ला कार्यालय मान्मा, कालीकोट (फोन नं. ०८७–४४०१५०) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४) तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)
https://www.jobsnepal.com/blpatara-aahavana-143835
Other Jobs at Nepal Peacebuilding Initiative
Similar Jobs
Scan to open on your phone · Download QR