रङ्गीन बाल पुस्तक मुद्रण सम्बन्धी बोलपत्र आह्वान full-time
Kathmandu Posted Aug 26, 2026 Apply by Sep 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-09-11

Job Description

रङ्गीन बाल पुस्तक मुद्रण सम्बन्धी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति : २०८३ भाद्र १० गते

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा ‘पढ्नको लागि कोठा’ ले रङ्गीन बाल पुस्तक मुद्रण गर्नुपर्ने भएकोले भ्याटमा दर्ता भएका, चार कलरको छपाई मेसिन तथा अन्य छपाई सम्बन्धी आवश्यक उपकरण साथै ३ वर्षको कार्य अनुभव भएका छापाखानाहरूबाट रितपूर्वकको बोलपत्र आह्वान गरिन्छ ।

बोलपत्र फाराम प्राप्त गर्नको लागि ईच्छुक छापाखानाहरूले आफ्नो कार्यालयको लेटर प्याडमा निवेदन सहितको कागजातहरू संलग्न गरी (जसमा कम्पनी दर्ता/नविकरण प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो २ आर्थिक वर्षको २०८०/०८१ र २०८१/०८२ कर चुक्ता प्रमाण पत्र सहित संक्षिप्त कम्पनी प्रोफाईल जसमा छापाखानामा प्रयोग हुने उपकरणहरूको विवरण उल्लेख भएको) तल उल्लेखित ईमेल ठेगानामा पत्राचार गरी वा कार्यालय समयमा कार्यालयमा आएर बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ ।

बोलपत्र फाराम प्राप्त गर्ने मिति र समय : २०८३।०५।१० देखि २०८३।०५।२५ गते ०९:०० बजे देखि ५:०० बजे सम्म (सोमबार देखि शुक्रबार सम्म, सार्वजनीक विदाको दिन बाहेक) ।

बोलपत्र फाराम बुझाउने मिति : २०८३।०५।२६ गते १०:०० बजे देखि १२:०० बजे सम्म आवश्यक सबै कागजपत्र समावेश गरी यस कार्यालयबाट प्राप्त हुने बोलपत्रको फाराम भरी तलको ठेगानामा बुझाउनु पर्नेछ । बोलपत्र साथ बोलपत्र सुरक्षण जमानत वापत जम्मा कबोल अङ्कको २.५% प्रतिशतले हुन आउने रकमको सुरक्षण धरौटी (Security Deposit) कुनै पनि “क” वर्गको बैंकबाट ‘पढ्नको लागि कोठा’ को नाममा जारी भएको (बोलपत्र पेस गर्ने अन्तिम दिनबाट ९० दिनको म्याद भएको) जमानतको सक्कल प्रति बोलपत्र साथ पेस गर्नु पर्नेछ ।

बोलपत्र खोल्ने मिति र समय : पेस भएका बोलपत्रहरू २०८३।०५।२६ गते दिउँसो १:०० बजे कम्पनीका आधिकारीक प्रतिनिधिहरूको रोहबरमा यस संस्थाको कार्यालयमा खोलिनेछ । उक्त समयमा बोलपत्र पेस गर्ने आधिकारिक प्रतिनिधिहरू उपस्थित नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । कुनै कारणवस बोलपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सोही समयमा नै बोलपत्र खोलिने छ ।

नोट : बोलपत्र सम्बन्धी सम्पूर्ण जानकारी बोलपत्रको कागजातमा नै उल्लेख गरिएको छ । म्याद नाघी आएका बोलपत्रहरू माथि कुनै कारवाही हुने छैन । कुनै पनि कारण जनाई वा नजनाई पूर्ण वा आंशिकरूपमा प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

पढ्नको लागि कोठा,

थापाथली काठमाण्डौँ, फोनः ०१–४१०२०५८, ईमेलः [email protected]

https://www.jobsnepal.com/ranagana-bl-pasataka-matharanae-samabnathha-blpatara-aahavana-143849

Other Jobs at Community Development Centre (CDC)

Loading...

Similar Jobs

Loading...
0 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal