Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- Deadline2026-09-10
Job Description
Experience Required
More than 1 year
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ
प्रथम पटक प्रकाशित मिति
२०८३/०५/११
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ अन्तर्गत स्वास्थ्य सेवा प्रवाहका लागि तपसिलमा उल्लेखित पदहरूमा “गण्डकी प्रदेश सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि, २०७९” बमोजिम चालु आ.व. २०८३/०८४ को आषाढ मसान्तसम्मका लागि सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट देहायबमोजिम दरखास्त आह्वान गरिएको छ।
१. विज्ञापन नं
१/०८३–८४
पद
मेडिकल अधिकृत
तह
आठौँ
माग पद संख्या
१
न्यूनतम शैक्षिक योग्यता: लोक सेवा आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
२. विज्ञापन नं
२/०८३–८४
पद
हे.अ./स्टाफ नर्स
तह
पाँचौँ
माग पद संख्या
२
न्यूनतम शैक्षिक योग्यता: लोक सेवा आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरेको र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
१. दरखास्त फाराम सम्बन्धमा: यस कार्यालयको वेबसाइट hobaglung.gandaki.gov.np मा उपलब्ध दरखास्त फाराम डाउनलोड गरी पूर्ण रूपमा भरेर, दरखास्त फारामसँग संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू सहित प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङमा पेश गर्नुपर्नेछ।
२. दरखास्त फारामसँग संलग्न गर्नुपर्ने कागजातहरू:
उम्मेदवारको अद्यावधिक व्यक्तिगत विवरण।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
एस.एल.सी. तथा सोभन्दा माथिका शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि।
म्याद कायम रहेको/नवीकरण गरिएको सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्रको प्रतिलिपि।
सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभव तथा तालिमसम्बन्धी प्रमाणपत्रहरूको प्रतिलिपि।
दरखास्तसँग पेश गरिएका प्रमाणपत्रका प्रतिलिपिहरूमा दरखास्तवालाले स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ।दरखास्त दिने अन्तिम दिनभित्र माथि उल्लिखित सम्पूर्ण कागजात तथा प्रमाणपत्रहरू हासिल गरिसकेको हुनुपर्नेछ। साथै, समकक्षता खुलाउनुपर्ने भएमा सो समेत खुल्ने कागजात पेश गर्नुपर्नेछ। रीत नपुगेको, म्याद नाघेको तथा शर्तसहित पेश गरिएको आवेदन दर्ता गरिने छैन।
३. दरखास्त दस्तुर: आठौँ तहका लागि रु. १,२००।– (एक हजार दुई सय) र पाँचौँ तहका लागि रु. ७००।– (सात सय) दरखास्त दस्तुर बुझाउनुपर्नेछ। दरखास्त दस्तुर बुझाएको सक्कल भौचर आवेदन फारामसँग अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
कार्यालयको नाम: प्रदेश जनस्वास्थ्य कार्यालय
कार्यालयको कोड नं
३७००१४५०२४
राजस्व शीर्षक नं: १४२२४ (परीक्षा शुल्क)
बैंक खाता नं
०२०००००१००१०००००१
बैंक: सम्बन्धित जिल्लाको सरकारी कारोबार गर्ने नेपाल बैंक लिमिटेड
४. दरखास्त दिने अन्तिम मिति: २०८३/०५/२५ गते बिहीबार, कार्यालय समयभित्र। उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म दरखास्त पेश गर्न सकिनेछ।
५. परीक्षाको किसिम: परीक्षाको किसिम अन्तर्वार्ता हुनेछ। अन्तर्वार्ताको तालिका यस कार्यालयको वेबसाइटमा प्रकाशन गरिनेछ।
६. तलब: प्रचलित कानूनबमोजिम सम्बन्धित तहको शुरु तलब स्केल मात्र उपलब्ध हुनेछ।
७. करार अवधि: चालु आ.व. २०८३/०८४ को आषाढ मसान्तसम्म सेवा करार कायम रहनेछ।
८. उम्मेदवार हुन आवश्यक योग्यता
नेपाली नागरिक हुनुपर्नेछ।
उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
भ्रष्टाचार तथा फौजदारी अभियोगसम्बन्धी मुद्दामा अदालतबाट सजाय नपाएको हुनुपर्नेछ।
भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनुपर्नेछ।
Other Jobs at प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ
Similar Jobs
Scan to open on your phone · Download QR