बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो (HATEMALO) परियोजना आ.व. २०२६ समापन सम्बन्धमा full-time
Kavrepalanchok Posted Aug 31, 2026 Apply by Sep 13, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationDhulikhel
  • Job TypeFull Time
  • Deadline2026-09-13

Job Description

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

सूचना  !  सूचना  ! !   सूचना !!!

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बागमती सेवा समाज नेपाल (BWSN) को सहकार्यमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो (HATEMALO) परियोजना आ.व. २०२६ समापन सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मितिः २०८३ भाद्र १५ गते

बागमती सेवा समाज नेपाल (BWSN), सर्लाही जिल्लामा दर्ता भई विगत ३० वर्ष देखि संचालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँगको समन्वय सहकार्यमा वालवालिका तथा महिला संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, विपद व्यवस्थापन, जलवायू परिवर्तन, सुशासन, सामाजिक परिचालन जस्ता कार्यहरुमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले संचालन गर्दै आएको परियोजनाहरु मध्ये वर्ल्ड  भिजन इन्टरनेसनल नेपाल र बागमती सेवा समाज नेपाल (BWSN) को सहकार्यमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो  (HATEMALO) परियोजना कार्यान्वयन गरी संचालन गरिरहेको गरेको छ । यस आ.व. सन् २०२६ मा यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाउँपालिका र अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरु, सुरक्षा निकाय, संचार माध्यम, व्यवसायीहरु, बालबालिकाहरु, अभिभावकहरु साथै अन्य साझेदार निकायहरुको सक्रिय सहभागिता तथा सहयोगका निम्ति बागमती सेवा समाज नेपाल (BWSN) आभारी छ ।

यस परियोजनाले यस आ.व. सन् २०२६ मा सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरु ३० सेप्टेम्वर २०२६ तदनुसार २०८३, असोज १४ सम्ममा समापन हुने जानकारी गराउन चाहान्छौ । साथै यस परियोजना मार्फत संचालन र सम्पन्न भएका गतिविधिहरुको प्रतिवेदन आउँदो असोज मसान्तभित्र सम्बन्धित निकायहरुमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौं भन्ने कुरा यसै सूचना मार्फत जानकारी गराउन चाहान्छौं ।

साथै, यसै सुचना मार्फत परियोजनासँग सम्बन्धित यस वर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भई भुक्तानी चुक्ता वा फछ्र्यौट भईसकेको जानकारी गराउन चाहान्छौं । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तानी हुन बाँकी भए, यस सूचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १४ दिन भित्र वा २८ भाद्र २०८३ तद्नुसार १३ सेप्टेम्बर २०२६ (आईतवार) सम्म दाबी गर्न आउन अनुरोध गर्दछौं । म्याद नाघी आएको दाबी उपर यस संस्था वा साझेदार संस्थाहरु जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौं ।

थप जाकारीका लागिः

बागमती सेवा समाज नेपाल (BWSN), हरिवन ११, सर्लाही

फोन नं.

०४६५३०५०१

ईमेलः [email protected]

टोल फ्रि नं.

१६६००१०००१४

https://www.jobsnepal.com/bl-samathathha-ra-ekakata-vakasaka-lga-hatamal-hatemalo-parayajana-aava-samapana-samabnathhama-143930

Other Jobs at Community Development & Advocacy Forum Nepal

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal