शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना full-time
Nationwide Posted Aug 31, 2026 Apply by Sep 15, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • EducationSLC / SEE
  • Deadline2026-09-15

Job Description

शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२।०८।०९ गते

पहिलो पटक प्रकाशित मितिः २०८३ भाद्र १५ गते

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रवाधिक सहयोगमा, दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक/नेपाल) द्वारा सचालित एकिकृत सामुदायिक विकास परियोजना सन् २०२६ अन्तरगत सहकारी व्यवसाय सञ्चालनका लागि तपसिल अनुसारको समाग्रीहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखीत शर्त अनुसार आपुर्ती गर्न इजाजत प्राप्त इच्छुक स्थानिय तथा राष्ट्रिय कम्पनिरफर्मरआपुर्तिकर्ता वा संस्थाहरूवाट रितपूर्वक गोप्य शिलबन्दी दरभाउ पत्र तोकेको ढाँचा तथा फाराम बमोजिम प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र प्राप्त हुने गरी दरभाउ बुझाउन हुन सूचित गरिन्छ ।

१) दरभाउ पत्र पेश गर्नेले अनिवार्य रूपमा शिलबन्दी दरभाउ पत्र पेश गरेको निवेदनका साथ आधिकारिक सम्पर्क नम्बर पेश गर्नु पर्नेछ ।

२) दरभाउपत्र पेश गर्न चाहेको फर्मले फर्म दर्ता, नविकरण, कर चुक्ता प्रमाणपत्र र स्थाई लेखा नं. आदिको प्रतिलिपी तथा अनुभब पत्रहरू पेश गर्नु पर्ने छ ।

३) मुल्य सुचिको प्रत्येक पानामा फर्मको छाप तथा जिम्मेवार व्यक्तिको हस्ताक्षर पेश गर्नु पर्नेछ ।

४) कालो सुचिमा नपरेको स्वघोषणा पत्र पेश गर्नु पर्नेछ ।

५) दरभाउपत्र पेश गर्दा  नाम, ब्राण्ड र मोडल न., परिमाण, गुणस्तर, उत्पादन कम्पनी, ग्यारेन्टी, वारेन्टी आदी स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।

६) पेश गरीएको दरभाउ ३१ डिसेम्बर २०२६ सम्म लागु हुने भएकाले छुट हुन सक्ने भए सो खुलाउनु पर्नेछ ।

७) दरभाउपत्र पेश गर्दा भ्याट सहितको मुल्य पेश गर्नुपर्ने छ ।

८) उपरोक्त बमोजिमको सिलबन्दि दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात ३० भाद्र २०८३ तदनुसार १५ सेप्टेम्बर २०२६ सांझ ५:०० बजे भित्र TOR मा उल्लेखित तपसिलको कार्यालयहरूमा  पेश गर्न सकिनेछ । दरभाउपत्रको आवेदन फाराम TOR ईमेल [email protected] बाट प्राप्त गर्न सकिनेछ ।

१. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample or CatLog) पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

२. सेवा प्रदायक कम्पनी , फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।

३. थप जानकारीका लागी सम्पर्क नं. ९८६०१२७४९२ वा ९८१५६०५१७७

सेवक नेपाल कैलाली

https://www.jobsnepal.com/shalbnatha-tharabhau-patara-pasha-garana-samabnathha-sacana-143926

Other Jobs at Community Development & Advocacy Forum Nepal

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal