सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना (EOI) full-time
Nationwide Posted Sep 2, 2026 Apply by Sep 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-09

Job Description

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना (EOI)

पोषणयुक्त खाद्य सामग्री आपूर्ति, प्याकेजिङ तथा ढुवानी सम्बन्धी

सूचना प्रकाशन मिति: २०८३ भदौ १७ गते (2nd September 2026)

परियोजनाको नाम

NURTURE EVERY FUTURE: POSHAN Nepal

१. पृष्ठभूमि

जनचेतना अभियान नेपालले केयर नेपाल (CARE Nepal) को सहयोगमा NURTURE EVERY FUTURE: POSHAN Nepal परियोजना अन्तर्गत पोषण लेखाजोखा (Nutrition Assessment) पश्चात् पहिचान गरिएका कुपोषित बालबालिकाहरूका लागि पोषणयुक्त खाद्य सामग्री सहयोग (Food Support Package) वितरण गर्न गइरहेको छ।

यसका लागि योग्य, दर्तावाल तथा अनुभवी आपूर्तिकर्ता/फर्म/व्यवसायीहरूबाट गुणस्तरीय खाद्य सामग्री खरिद, भिजिबिलिटी झोला (Branded Bag) मा प्याकेजिङ तथा तोकिएका पालिकाहरूका वार्डस्तरसम्म सुरक्षित ढुवानी सेवा प्रदान गर्न सिलबन्दी दरभाउ पत्र (EOI) आह्वान गरिन्छ।

२. मुख्य सर्तहरू तथा कार्यक्षेत्र (Scope of Work)

प्रति बालबालिका प्याकेज बजेट: अधिकतम रु. २,०००/- (अक्षरेपी दुई हजार रुपैयाँ मात्र - सबै कर, सामग्री, भिजिबिलिटी झोला र तोकिएका पालिकाहरूको वार्डस्तरसम्मको ढुवानी खर्च सहित)।

ढुवानी सम्बन्धी सर्त: आपूर्तिकर्ताले खरिद गरिएका सम्पूर्ण खाद्य सामग्रीहरूलाई सप्तरी जिल्लाका ४ वटा पालिकाहरू (बलान बिहुल गाउँपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, र कञ्चनरूप नगरपालिका) को तोकिएका वार्ड तथा वितरण केन्द्रहरूसम्म स्वयम् ढुवानी (Delivery) गरी बुझाउनुपर्नेछ।

खाद्य प्याकेजमा हुनुपर्ने सामग्रीहरू (प्रति बच्चा):

१. शुद्ध घ्यू (Ghee): गुणस्तरीय तथा मान्यता प्राप्त ब्राण्ड

२. अण्डा (Eggs)

ताजा तथा नफुटेको

३. मुँगको दाल (Moong Dal)

सफा तथा गुणस्तरीय

४. भिजिबिलिटी झोला (Branded Bag): परियोजना तथा दाता संस्थाको लोगो अंकित वातावरणमैत्री र बलियो झोला

३. आवश्यक कागजातहरू (Eligibility Documents)

LINK: https://drive.google.com/uc?export=download&id=1MaVUl3um2SNsy7ei4iNiCE0AlIkZFPLt

इच्छुक फर्म/व्यवसायीले दरभाउ पत्रका साथ निम्न कागजातहरूको प्रतिलिपि संलग्न गर्नुपर्नेछ:

४. दरभाउ पत्र (Quotation) पेस गर्ने ढाँचा

इच्छुक आपूर्तिकर्ताले मिति २०८३ भदौ २३ गते (9th September 2026) साँझ ५:०० माझ सम्ममा कार्यालयको इमेल [email protected] मा वा सिलबन्दी ढाँचामा कार्यालयमा पेस गर्नुपर्नेछ।

https://www.jobsnepal.com/salbnatha-tharabhau-patara-aahavanaka-sacana-eoi-143971

Other Jobs at CRS Nepal

Loading...

Similar Jobs

Loading...
14 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal