Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-09-26
Job Description
कोटेशन आह्वान सम्बन्धी सूचना !
यस सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटीमा आवश्यक पर्ने सुरक्षा गार्ड आपूर्ति तथा सुरक्षा सेवा सञ्चालन गर्न इच्छुक इजाजतप्राप्त तथा योग्य सुरक्षा सेवा प्रदायक संस्था/कम्पनीहरूबाट कोटेशन आह्वान गरिएको छ ।
आवश्यक सुरक्षा गार्ड संख्या १५ (पन्ध्र) जना, (भु.पु. आर्मि, प्रहरी) इच्छुक सेवा प्रदायक संस्था/कम्पनीहरूले देहायका आवश्यक कागजातहरू संलग्न गरी सिलबन्दी कोटेशन पेश गर्नुपर्नेछ ।
आवश्यक कागजातहरू,
१. संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. चालु आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
४. संस्थाको सञ्चालक/अधिकृत प्रतिनिधिको नागरिकताको प्रतिलिपि ।
५. सुरक्षा गार्ड आपूर्ति/सुरक्षा सेवा सञ्चालन गर्न पाउने इजाजतपत्र/सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि।
६. विगतमा सुरक्षा सेवा प्रदान गरेको भए सो सम्बन्धी कार्यसम्पादन/अनुभवको प्रमाणपत्र तथा लिखित परिचय/प्रतिवेदन ।
७. सुरक्षा गार्डहरूको संख्या, योग्यता, अनुभव तथा ड्युटी व्यवस्थापनसम्बन्धी विवरण ।
८. गार्डको पोसाक, आवश्यक सुरक्षा सामग्री तथा अन्य सेवा–सुविधा सम्बन्धी विवरण ।
९. कोटेशनमा प्रति गार्ड मासिक सेवा शुल्क तथा अन्य लाग्ने सम्पूर्ण खर्च स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
१०. अन्य आवश्यक तथा प्रचलित कानुनबमोजिमका कागजातहरू ।
कोटेशन पेश गर्ने अवधि,
यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित सिलबन्दी कोटेशन सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटीको प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।
समयावधि नाघी प्राप्त भएका तथा आवश्यक कागजातहरू पूरा नभएका कोटेशनहरू मूल्याङ्कनमा समावेश गरिने छैन । प्राप्त कोटेशनमध्ये दर, सेवा गुणस्तर, अनुभव, जनशक्ति व्यवस्थापन तथा संस्थाको विश्वसनीयता लगायतका आधारमा उपयुक्त सेवा प्रदायक छनोट गर्ने अधिकार सोसाईटीमा निहित रहनेछ ।
थप जानकारीका लागिः
सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटी
कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं – ९
काँडाघारी, काठमान्डौँ ।
सम्पर्क नं. ०१–५१५०००९, ०१–५१५००१०
https://www.jobsnepal.com/katashana-aahavana-samabnathha-sacana-144023
Other Jobs at Peace Brigades International Nepal
Similar Jobs
Scan to open on your phone · Download QR