कमैया महिला जागरण समाज नेपाल
Kamaiya Mahila Jagaran Samaj Nepal (KMJS)
Gulariya, Bardiya
(प्रथम पटक प्रकाशित मितिः २०८३ भदौ २३ गते)
कोटेशन आह्वान सम्बन्धी सूचना
कमैया महिला जागरण समाज नेपालले एक्सनएड नेपालसँगको साझेदारीमा “परिश्रम परियोजना” सञ्चालन गरिरहेको छ। उक्त परियोजनाअन्तर्गत युवाहरूलाई हस्तकलासम्बन्धी सामग्री उत्पादन गर्ने सीप तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यले Incubation Hub सञ्चालन गर्न आवश्यक निम्न मेसिनहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक अधिकृत विक्रेता, उत्पादक, आपूर्तिकर्ता तथा वितरकहरूबाट दररेटसहितको कोटेशन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।इच्छुक फर्म/कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात् २०८३ असोज १ गतेसम्म कार्यालय समयभित्र कोटेशन पेश गर्नुपर्नेछ।
आवश्यक मेसिनहरूको विवरण
क्र.सं.विवरणइकाईआवश्यक संख्या
१.केराको फाईबर मेसिनपिस१२.केराको थामा चिर्ने मेसिनपिस१३.टान मेसिनपिस७४.धागो बटने मेसिनपिस२शर्तहरू
१. इच्छुक अधिकृत विक्रेता, उत्पादक, आपूर्तिकर्ता वा वितरकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात् २०८३ असोज १ गतेसम्म कोटेशन पेश गर्नुपर्नेछ। कोटेशन संस्थाको कार्यालयमा स्वयं उपस्थित भई बन्द खाममा वा इमेल मार्फत [email protected] मार्फत कार्यालय समयभित्र पेश गर्न सकिनेछ।
२. Quotation Form/Price Schedule तथा Technical Specification यस सूचनासँग संलग्न गरिएको छ । उक्त फारम संस्थाको कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ।
३. संलग्न Form/Price Schedule मा माग गरिएका सम्पूर्ण विवरणहरू स्पष्ट रूपमा भरी, फर्मको आधिकारिक लेटरहेडमा तयार गरिएको पत्रसहित पेश गर्नुपर्नेछ।
४. कोटेशनसाथ फर्म/कम्पनी दर्ता प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८२/८३ को करचुक्ता प्रमाणपत्र लगायतका आवश्यक कानूनी कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
५. कोटेशनमा केरमेट, थपघट वा टिपेक्स प्रयोग गरिएको भए सम्बन्धित दर/अंक मान्य नहुन सक्नेछ।
६. आपूर्ति गरिने मेसिनहरू संलग्न Technical Specification/Quotation Form मा उल्लेखित मापदण्डअनुसार हुनुपर्नेछ।
७. मेसिनको मूल्य, VAT/कर, ढुवानी तथा डेलिभरी, जडान/Installation, Warranty, After–Sales Service तथा अन्य आवश्यक विवरणहरू संलग्न Quotation Form मा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
८. कोटेशन पेश गर्दा Quotation Validity Period स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
९. डेलिभरीका क्रममा मेसिनमा कुनै किसिमको क्षति, टुटफुट वा प्राविधिक खराबी भएमा आवश्यक मर्मत वा प्रतिस्थापन गर्ने जिम्मेवारी आपूर्तिकर्ताको हुनेछ।
१०. कोटेशन पेश गर्ने अन्तिम समयपछि प्राप्त हुने कोटेशनहरू स्वीकार गरिने छैनन्।
११. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनसम्म कोटेशन पेश गर्न सकिनेछ।
१२. आवश्यकताअनुसार माग गरिएको सामग्रीको संख्या थपघट गर्न सकिनेछ।
१३. संस्थालाई कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने तथा आवश्यकताअनुसार आंशिक वा पूर्ण खरिद गर्ने अधिकार सुरक्षित रहनेछ ।
१४. आवश्यक परेमा संस्थाले कोटेशन मूल्याङ्कनका क्रममा सम्बन्धित आपूर्तिकर्तासँग थप विवरण वा स्पष्टीकरण माग गर्न सक्नेछ ।
१५. खरिदसम्बन्धी अन्य सम्पूर्ण विषयहरू कमया महिला जागरण समाज नेपालको खरिदसम्बन्धी नीति/प्रक्रिया बमोजिम हुनेछ।
LINK: QUOTATION_FORM_Parishram_KMJS.pdf
कोटेशन पेश गर्ने ठेगाना
कमैया महिला जागरण समाज नेपाल
गुलरिया–५, बर्दिया (बालमन्दिर टोल)
फोन नं.: ०८४–४२१३०१
इमेलः [email protected]
खरिद समिति
संयोजक
Other Jobs at Kamaiya Mahila Jagaran Samaj Nepal
Similar Jobs
Scan to open on your phone · Download QR