ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको १५ दिने सूचना सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति: २०८३ भाद्र १९ गते
ग्रामीण बिकास केन्द्र (RDC) नेपाल, रौतहट सन् २००२ को मे महिनामा स्थापना भएको एक गैर राजनीतिक तथा गैर नाफामूलक संस्था हो, जसको प्रधान कार्यालय नेपालको रौतहट जिल्लामा रहेको छ। स्थापना काल देखि नै RDC Nepal ले नेपालको तराई क्षेत्रमा मुख्य रूपमा केन्द्रित रही दर्जनौं मानवीय सहायता तथा दीर्घकालीन विकास आयोजनाहरू मार्फत मानवीय सहायता, सामुदायिक विकास, प्राकृतिक स्रोतको संरक्षण र वातावरण संरक्षणमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। यी आयोजनाहरूले ऐतिहासिक रूपमा सीमान्तकृत दलित, मुस्लिम, मधेशी र आदिवासी समुदाय लगायत अन्य विपन्न वर्गका गरिब परिवारका बालबालिका, किशोरकिशोरी, युवा, महिला, भूमिहीन, सहरी गरिब, अपाङ्गता भएका व्यक्ति, HIV/एड्सबाट प्रभावित व्यक्ति, द्वन्द्व तथा विपद् पीडितहरू सम्म पहुँच पुर्याउँदै आएका छन्।
यस संस्थाले विगत सन् २०१९ को डिसेम्बर महिनाबाट वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा रौतहट जिल्लाको गरुडा र माधवनारायण नगरपालिकाको सबै वडाहरूमा बाल समृधि र एकीकृत विकासका लागि हातेमालो (IPF/SHIELD) परियोजना संचालन गरिरहेको सबैलाई जानकारी गराउन चाहान्छौ ।
यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, दुवै नगरपालिका, जिल्ला स्थित विषयगत सरकारी कार्यालयहरू, सुरक्षा निकाय, संचार माध्यमहरू, जनसमुदाय साथै साझेदार संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगका निम्ति RDC Nepal आभारी छ ।
यस परियोजनाको आ.व. सन् २०२६ (१ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६) मा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिहरू ३० सेप्टेम्बर २०२६ तदनुसार २०८३ असोज १४ सम्ममा सम्पन्न भई आगामी (आ.व २०२७) १ अक्टोबर २०२६ तदनुसार २०८३, असोज १५ गते बाट शुरु हुने जानकारी गराउन चाहान्छौ । साथै यस परियोजना मार्फत सञ्चालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउँदो असोज मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गर्ने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौं भन्ने कुरा यस सूचना मार्फत जानकारी गराउन चाहान्छौं ।
साथै, यसै सूचना मार्फत परियोजनासँग सम्बन्धित यस वर्षको सम्पूर्ण आर्थिक कारोबारमा हिसाब मिलान भई भुक्तानी चुक्ता वा फर्छ्यौट भइसकेको जानकारी गराउन चाहान्छौं । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तानी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र (०२ असोज २०८३ तदनुसार १८ सेप्टेम्बर २०२६ (शुक्रबार) सम्म दाबी गर्न आउन अनुरोध गर्दछौं । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्था जवाफदेही नहुने व्योहरा यस सूचना मार्फत अवगत गराउँदछौं ।
ग्रामीण बिकास केन्द्र नेपाल, रौतहट
चन्द्रपुर ०४, रौतहट
फोन नं. ०५५-५४०२०३
थप सल्लाह तथा सुझावको लागि संस्थाको निःशुल्क टोल फ्रि नम्बर १८१०५००००९६ वा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको निःशुल्क टोल फ्रि नम्बर १६६००१०००१४ र ९८०१५७१०१४ मा सम्पर्क गर्नुहोला ।
Other Jobs at Rural Development Centre Nepal
Similar Jobs
Scan to open on your phone · Download QR